प्रदेश एकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी : को-को बन्दैछन् मन्त्री ?
प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री मण्डल बिस्तारको तयारी गरेका छन् । मुख्यमन्त्री राईले सरकारलाई पूर्णता दिन लागेका हुन् । विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आइतवार बिहान ११ बजे नवनियुक्त मन्त्रीहरूले शपथ लिने कार्यक्रम तय भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
पाँच दलीय गठबन्धन भित्रको नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवानिकट प्रदेश सांसद प्रकाशप्रताप हाङ्गाम र शेखरचन्द्र थापा, कृष्णप्रसाद सिटौलानिकट ओमप्रकाश सरावगीको मन्त्रीका लागि नाम तय भएको छ । शेखर वन, वातावरण तथा भूसंरक्षण मन्त्री, हाङ्गाम भूमि व्यवस्था मन्त्री र सरावगी उद्योग, श्रम तथा रोजगार मन्त्री बन्ने भएका छन् ।
त्यसै गरी नेकपा माओवादी केन्द्रबाट रामकुमार राई खानेपानी, ऊर्जा तथा सिँचाइ र झलकसिंह दर्लामी कृषि तथा पशुपंक्षी विकास मन्त्रीको नाम रहेको छ । नेकपा एकीकृत समाजवादीबाट पनि ३ जना मन्त्री बन्ने भएका छन् ।
खिनु लङ्वा लिम्बु पर्यटन तथा संस्कृति मन्त्री, राजन राई सामाजिक विकास मन्त्री र उपेन्द्र घिमिरे सूचना, सञ्चार तथा सहकारी मन्त्री बन्ने भएका छन् ।
गत आइतवार बसेको मन्त्रिपरिषद् बैठकले सात मन्त्रालयबाट मन्त्रालयको संख्या बढाएर १२ बनाउने निर्णय गरेको थियो । मन्त्रीका आकांक्षी धेरै भएपछि एक मन्त्रालय थप गरिएको छ । १६ कात्तिकमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राईको नेतृत्वमा सरकार गठन भएको थियो ।
अहिले एक राज्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद् छ । अहिलेसम्म काँग्रेसले दुई, माओवादी र जसपाले एक एक मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई एक राज्यमन्त्री दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण