आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

भरुवा बन्दुक बनाउने फलामे पाइपसहित दुई जना पक्राउ

आइतबार, २३ माघ २०७८, १८ : ३७
आइतबार, २३ माघ २०७८

झापाको मेचीनगर नगरपालिका २ स्थित भृकुटी इलाकाबाट सशस्त्र प्रहरीले भरुवा बन्दुक बनाउने सात थान फलामे पाईपसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तेह्रथुमको आठराई गाउँपालिका ५ बस्ने ६३ वर्षिय तेजमान लिम्बु र झापाको मेचीनगर नगरपालिका ४ बस्ने प्रवीण भारती छन् ।

मे १ ह ६०५६ नम्बरको अटोमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा भरुवा बन्दुक बनाउने उक्त पाइपसहित बारुद बनाउन प्रयोग हुने करीव ५८ के.जी. सोडा र ३ के.जी. ५ सय ग्राम गन्धक फेला पारेको हो । 

पक्राउ परेका दुवै जनालाई बरामद सामान र उक्त अटोसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप