बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टनरमा यस्ता परिवर्तन देखिन थाले बुझ्नुहोस् सम्बन्ध टुट्ने अवस्थामा छ

सोमबार, २४ माघ २०७८, १३ : ४९
सोमबार, २४ माघ २०७८

कुनै पनि सम्बन्धमा प्रेमले एउटा महत्वपूर्ण भूमिका निभाउने गर्छ । एउटा सम्बन्धलाई सफल बनाउनका लागि प्रेमबाहेक समर्थन र एक–अर्कामाथि विश्वास हुन अत्यावश्यक छ । तर आजकालको समयमा सम्बन्धमाथि विश्वास गर्न निकै मुश्किल भएको छ । अब सम्बन्धमा त्यो मिठास र विश्वास देख्न असाध्यै गाह्रो छ । कतिपटक त मानिस आफ्ना पार्टनरलाई निकै सजिलै धोका दिन्छन् तर अगाडिको व्यक्तिलाई महसुस नै हुँदैन ।

कतिलाई भने शंका लाग्छ त्यसैले यसबारे पत्ता लगाउनका लागि मानिस प्राइभेट डिटेक्टर वा रिलेसनशीप एड्भाइजरको सहारा लिन्छन् । त्यसैले यदि तपाईंलाई पनि आफ्नो पार्टनरमाथि शंका लागेको छ यहाँ यस्ता कुरा दिइएका छन्, जसले तपाईंलाई सहयोग गर्न सक्छन् । यसबारे जानकारी लिऔँ ।

यस्ता परिवर्तनले बुझ्नुहोस् कि तपाईंका पार्टनरले तपाईंलाई धोका दिइरहेका छन्ः

बानीमा परिवर्तनः

कुनै पनि व्यक्तिले आफ्नो बानीलाई सहजै परिवर्तन गर्न सक्दैनन् । तर यदि तपाईंको पार्टनरको बानी फेरिएको छ भने सायद उनले तपाईंलाई धोका दिइरहेका छन् । यतिबेला तपाईंका पार्टनरले यस्ता धेरै कुरा गर्न सक्छन् जुन उनले पहिला कहिल्यै गरेका थिएनन् ।

समय तालिकामा परिवर्तनः

पहिला तपाईंको पार्टनर समयमा घरबाट निस्कन्थे र समयमा नै घर फर्किन्थे । कतिपटक कामको चापले छिट्टै घरबाट निस्कन पनि सक्छन् र ढिलो फर्कन पनि सक्छन् तर यदि यस्तो दिनदिनै भइरहेको छ भने बुझ्नुहोस् कि केही न केही गडबडी त छ ।

कामको सिलसिलामा धेरै नै यात्राः

धेरैजसो कार्यालयमा मानिस कामको सिलसिलामा बाहिर जानुपर्ने हुनसक्छ । यस्तो यदि महिनामा १ वा २ पटक हुन्छ भने साधारण हो तर यदि तपाईंको पार्टनर पछिल्लो समयमा कामको कुरा गरेर घरभन्दा बाहिर धेरै नै बस्न थालेका छन् भने बुझ्नुहोस्, यो धोकाको एउटा तरिका हो ।

कुनै भ्रमणको योजना नगर्नुः

विवाह अघि र पछि केही समयसम्म तपाईंको पार्टनर तपाईंलाई धेरै स्थानमा लिएर जान्थे वा घुम्न जाने योजना बनाउँथे तर अब तपाईंको पार्टनर तपाईंसँग कतै घुम्न जान मन पराउँदैनन् वा कहिँ कतै जाने योजना बनाउँदैनन् भने बुझ्नुहोस् कि उनी तपाईंसँग बोर हुन थाल्नुभएको छ र उहाँलाई तपाईंसँग कतै घुम्न जान मन नै छैन ।

झगडा बढ्नुः

सानो तिनो मन मुटाव हरेक सम्बन्धमा हुन्छन् । जुन छिट्टै सुल्झिहाल्छन् । तर तपाईंको झगडा रोकिने नाम नै लिँदैन वा तपाईंहरुको कुराकानी लामो समयसम्म बन्द भएको छ भने बुझ्नुहोस्, तपाईंको पार्टनरले धोका दिइरहेको छ ।

रोमान्समा कमीः

यदि तपाईंका पार्टनर तपाईंसँग अलिकति पनि रोमान्स गर्न चाहँदैनन् वा तपाईंहरुको वैवाहिक सम्बन्धमा कमी आउन थालेको छ भने यसबारे पार्टनरसँग कुरा गर्नुहोस् तर त्यसपछि पनि कुनै परिवर्तन देखिएन भने बुझ्नुहोस् कि केही गडबड छ ।

यी चिज देखेर बुझ्नुहोस् कि तपाईंको पार्टनरले तपाईंलाई धोका दिइरहेका छन्ः

– खर्चबारे कुरा नगर्नु

– सोसल मिडियामा सिक्रेट अकाउन्ट

– क्रेडिट कार्डको बिल लुकाउनु

– आफ्नो लुकमा पहिलाको तुलनामा असाध्यै धेरै ध्यान दिनु

– अचानक जिम जान थाल्नु

– फोनमा कुनै अञ्जान व्यक्तिको मिस्डकल

– फोनमा लक वा पासवर्ड राख्नु

– झुटो बोल्नु

– तपाईंले सरप्राइज दिँदा असाध्यै रिसाउनु

– गोप्य फोन वा नम्बर राख्नु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप