शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रपोज गर्नेबेला बिर्सेर पनि नगर्नुहोस् यस्ता गल्ती, बिग्रन सक्छ कुरा

मङ्गलबार, २५ माघ २०७८, १४ : ०१
मङ्गलबार, २५ माघ २०७८

आज भ्यालेनटाइन विकको दोस्रो दिन हो र यो दिनलाई प्रपोज डेको रुपमा मनाइन्छ । आजको दिन युवा युवती आफ्नो मनको कुरा भन्ने गर्छन् । आफूलाई मनपरेको व्यक्तिका लागि आफ्ना भावना र प्रेमलाई मन खोलेर व्यक्त गर्नका लागि यसलाई राम्रो दिन मानिन्छ ।

यदि तपाईंले मन पराउने व्यक्तिले पनि तपाईंलाई मन पराउँछ भने निश्चित रुपमा तपाईंको प्रपोज (प्रस्ताव) स्वीकार हुन्छ । तर प्रेम व्यक्त गर्नेबेला केही कुरा ध्यानमा पनि राख्नुपर्छ नभए प्रस्ताव अस्वीकार हुन पनि सक्छ । यदि तपाईं पनि आजको दिनमा कोही विशेषलाई प्रपोज गर्न चाहनुहुन्छ भने यस्ता गल्ती गर्नबाट बच्नुहोस् ताकि तपाईंको प्रपोजल रिजेक्ट नहोस् ।

हतार नगर्नुहोस्ः

पुरुष धेरैजसो प्रस्ताव राख्न हतार गर्छन्, यस्तो गर्दा कुरा बिग्रन सक्छ । तपाईंहरु केही दिन अघि मात्रै भेट्नुभएको छ र एक–अर्कालाई राम्रोसँग नचिनिकन तपाईंले प्रपोज गरिदिनुहुन्छ भने तपाईंको प्रस्ताव अस्वीकार हुनसक्छ । यसका लागि एक–अर्कालाई राम्रोसँग चिन्नुहोस्, साथी बन्नुहोस् र त्यसपछि मात्रै आफ्नो मनको कुरा भन्नुहोस् ।

प्रस्ताव राख्न विशेष दिनः

प्रस्ताव राख्नका लागि केही विशेष दिन छान्नु नै उत्कृष्ट हुन्छ । जस्तै भ्यालेन्टाइन्स विकमा प्रपोज डेमा प्रपोज गरिन्छ भने यो निश्चित रुपमा तपाईंका लागि विशेष हुनसक्छ । यसका साथै तपाईंले उनको जन्मदिन, वर्षको विशेष दिन, वर्षको अन्तिम वा पहिलो दिन, कुनै पर्वमा प्रपोज गर्न सक्नुहुन्छ ।

मूड थाहा पाएपछि प्रस्ताव राख्नुहोस्ः

कहिलेकाँही तपाईंले प्रस्ताव राख्न लागेको व्यक्तिको मूड सही नहुन पनि सक्छ वा ऊ कुनै तनावमा पनि हुनसक्छ । यस्तो बेला प्रस्ताव राख्दा अस्वीकार हुने सम्भावना बढी रहन्छ । त्यसैले प्रस्ताव राख्नुअघि साथीको मूड बुझ्नुहोस् र उनीसँग कुरा गर्नुहोस् ता कि उनको मनस्थिति बुझ्न सकियोस् ।

शब्द चयनमा ध्यान दिनुहोस्ः

कतिपटक प्रस्ताव गर्दा मानिस यस्ता शब्द बोल्छन् जसकारण स्थिति बिग्रन सक्छ । यदि तपाईंलाई प्रस्ताव राख्नु छ भने तपाईं उहाँका लागि जे महसुस गर्नुहुन्छ त्यसबारे बताउनुहोस् । तपाईंलाई उहाँसँग बस्दा, उहाँबाट टाढा हुँदा कस्तो महसुस हुन्छ, त्यसबारे जानकारी दिनुहोस् । तर हतारमा वा आत्तिएर कुरा गर्दा तपाईंको प्रस्ताव अस्वीकार पनि हुनसक्छ ।

सार्वजनिक स्थानबाट बच्नुहोस्ः

कतिलाई सार्वजनिक रुपमा प्रेम प्रस्ताव राखेको मनपर्छ भने धेरैजसोलाई यसो गरेको फिटिक्कै मनपर्दैन । सम्बन्धमा रहनका लागि तपाईंहरु दुबैको मनमा भावना जागृत हुन जरुरी छ । यदि तपाईंले कसैलाई सार्वजनिक स्थानमा प्रेम प्रस्ताव राख्नुहुन्छ भने उसलाई झर्को लाग्न सक्छ, त्यसैले प्रस्ताव राख्नका लागि कम भीडभाडयुक्त स्थान छान्नुहोस् ।

विश्वास कायम राख्नुहोस्ः

यदि तपाईं युवतीको मन जित्न चाहनुहुन्छ भने विश्वास कायम गर्नुहोस् किनभने विश्वास बिना कुनै पनि सम्बन्ध चल्दैन । युवतीले तपाईंलाई विश्वास गर्छ भनेर निश्चित भएपछि मात्रै उनलाई प्रस्ताव राख्नुहोस् ।

जवाफका लागि हतार नगर्नुहोस्ः

केही मानिस प्रस्ताव राख्ने बित्तिकै तुरुन्तै जवाफ चाहन्छन् तर यदि तपाईं पनि यस्तै सोच्नुहुन्छ भने यस्तो गर्नबाट जोगिनुहोस् । किनभने प्रस्ताव राखेपछि सोच्नका लागि केही समय तपाईंले दिनुपर्छ । जवाफका लागि बारम्बार दबाब पनि नदिनुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप