मधेसमा छ्यापछ्याप्ती पार्टी
तराई मधेसलाई केन्द्रित गरी मधेसमा फेरि छ्यापछ्याप्ती पार्टी गठन हुन थालेका छन् । सिके राउतको जनमत पार्टीदेखि हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीसम्म तराई मधेस केन्द्रित गरी गठन भएका छन् ।
चुनाव नजिकिँदै जाँदा नेताहरूको व्यवस्थापन गर्न तराई मधेसलाई केन्द्रित गरी नयाँ नयाँ पार्टी घोषणा हुन थालेको हो । २०७७ वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण भई जनता समाजवादी पार्टी (जसपा) गठन भएपछि १६ महिनासम्म तराई मधेस केन्द्रित एउटामात्रै पार्टी सक्रिय रह्यो । तर यो अवस्था लामो समय टिकेन ।
गठन भएको एक वर्षमा नै जसपामा चरम विवाद उत्पन्न भयो । त्यसको ६ महिनामै औपचारिक रूपमा जसपा विभाजित भयो । गत भदौ १ गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको छ । अहिले लोसपा पनि फुटाएर नयाँ पार्टी गठन गर्न केही शीर्ष नेता लागिरहेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकम हिनामिना गरेको आरोपमा ३ जना पक्राउ
-
मेस्सीको निर्भरतामा परेको अर्जेन्टिना
-
‘आ बाट आमा २’ असोज ३०मा प्रदर्शन हुने
-
बाढी, पहिरो र मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा सास्ती
-
तराईमा गर्मीसँगै वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा यस्तो रहनेछ मौसम
-
दलाई लामासम्बन्धी गतिविधिमा कूटनीतिज्ञको उपस्थिति आपत्तिजनक : झलनाथ खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण