बालमन्दिरको रकम हिनामिना गरेको आरोपमा ३ जना पक्राउ
सारांश
- नक्साल स्थित नेपाल बाल सङ्गठनको रकम हिनामिना गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
- अनुसन्धानका लागी ३ जनालाई नियन्त्रणमा लिइएको सीआईबीका एकजना उच्च अधिकृतले बताए ।
- पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
काठमाडौँ । नक्साल स्थित नेपाल बाल सङ्गठनको रकम हिनामिना गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । अनुसन्धानका लागी ३ जनालाई नियन्त्रणमा लिइएको सीआईबीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ र ५४ वर्षीया आशा श्रेष्ठ छन् ।
उच्चस्तरीय जाँचबुझ समिति २०७७ को प्रतिवेदन अनुसार अनुसन्धानको लागि उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरु बाल मन्दिरको कार्यसमितिमा बसेर काम गरेका सदस्य र सचिव हुन् । आरोपीहरूले बाल मन्दिरमा बालबालिकालाई भरणपोषण र शिक्षा दीक्षाको लागी प्राप्त रकम रकम हिनामिना गरेको आरोप छ ।
नक्सालस्थित नेपाल बाल संगठनको जग्गा सस्तो मूल्यमा ७९ वर्षसम्मको लागि भाडामा दिएर लाभ लिएको कसुरमा प्रहरीले यसअघि अनुसन्धान गरेर मुद्दा चलाएको थियो । सो प्रकरणमा बाल मन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंहसहित २० जनामाथि अनुसन्धान गरेको थियो ।
मासिक ९ लाख रुपैयाँ भाडा तोकेर बि.सं २१३२ साल सम्मका लागि पूर्व पदाधिकारीहरूले वृहस्पति विद्या सदनसँग सस्तो मूल्यमा सम्झौता गरेको अनुसन्धानबाट भेटिएको थियो । बाल सङ्गठन सञ्चालक समितिको बैठकले पुरानो सम्झौता रद्द गर्ने निर्णय गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
-
एमाले कार्यदलको बैठकमा ओली पनि सहभागी
-
युएईका व्यपारमन्त्री थानी र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता
-
सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी
-
स्टोक्सको संन्यास घोषणाको भिडियो सार्वजनिक गरेपछि ईसीबी विवादमा, आईसीसीद्वारा नियम मिचेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण