आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय निर्वाचन हुन नदिने गठबन्धनमै छन् : केपी ओली

शुक्रबार, २८ माघ २०७८, ०४ : ००
शुक्रबार, २८ माघ २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सवैको दवावले सरकारले स्थानीय तह निर्वाचन मिति घोषणा गर्न बाध्य भएको बताएका छन् । उनले सरकारलाई यस्तो वाध्य पारेपछि संविधान कार्यन्वयन हुन नदिने र गलत जालझेलबाट सत्ता कब्जा गर्ने, षडयन्त्रलाई परास्त गर्न सफलता मिलेको समेत बताएका छन् । 

शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् । ‘हाम्रो पार्टीको, बौद्धिक क्षेत्र, निर्वाचन आयोग र सवैको चर्को दवावले सरकार निर्वाचन मिति घोषण गर्न बाध्य भएको हो’, अध्यक्ष ओलीको भनाइ छ । 

उनले निर्वाचनमा समस्या खडा गर्न खोज्नेहरू अहिलेको सत्ता गठबन्धनमा भएको भन्दै निर्वाचन हुन नदिनेहरु र नगराउनेहरु भएको बताए । ‘प्रतिगमनसम्म देशलाई पुर्याउने, स्थानीय तहहरूको अवधि नथप्ने, प्रतिगमनका आधार तयार गर्नेहरु अहिलेकै गठबन्धनमा छन् र त्यो धन्दा र संयुक्त प्रयास प्रकट भइरहेको छ ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप