राष्ट्रसेवक सम्मानित
नेपाल निजामती कर्मचारी सङ्गठन पाँचथरले १८ अग्रज राष्ट्रसेवकलाई सम्मान गरेको छ । शनिबार फिदिममा आयोजित उक्त सङ्गठनको ११ औँ अधिवेशनका अवसरमा सङ्गठनले सेवानिवृत्त भएका तथा लामो समयदेखि सेवारत रहेका अग्रज राष्ट्रसेवकलाई सम्मान गरेको हो ।
सम्मानित भएकाहरूलाई सङ्गठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला, नेकपा (एमाले) पाँचथरका अध्यक्ष राजकुमार भण्डारीलगायतले सम्मानपत्र, मायाको चिनो र खादासहित सम्मान गरेका थिए ।
सम्मानित हुनेमा शर्मिला खापुङ, राधाकृष्ण खनाल, सूर्य अधिकारी, केदारनाथ रिजाल, खड्गबहादुर बोहोरा, देउमान कन्दङ्वा, ठाकुरप्रसाद सुवेदी, चन्द्रप्रसाद भट्टराई, शेरबहादुर खड्का, नन्द धमला, उद्धव गौतम, जयप्रसाद तुम्बापो, देवी हुमागाईँ, हेटनारायण श्रेष्ठ, प्रेमकुमार भट्टराई, देउकुमारी राई, प्रेम ओझा र कौशिला आङ्देम्बे हुनुहुन्छ । उहाँहरुले राष्ट्रसेवाका हितमा पु¥याएको योगदानको सम्मान र स्मरणका लागि सम्मान गर्ने परम्पराको थालनी गरिएको सङ्गठनका निवर्तमान अध्यक्ष प्रकाश अधिकारीको भनाइ छ ।
अधिवेशनले प्रेमबहादुर काफ्लेका अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा तीर्थ मिश्र र सरस्वती शिवाकोटी, सचिवमा मिलन राई, सहसचिवमा सुवर्ण केदेम र कोषाध्यक्षमा कुलबहादुर थापा निर्वाचित भएका थिए ।
यस्तै समितिका सदस्यमा ज्ञानबहादुर अधिकारी, पदमबहादुर नेम्वाङ, जयराम दाहाल, दधिराम चापागाईँ, छिरिङ शेर्पा, दोनुसा थाम्सुहाङ, एलिसा उप्रेती, खेम थापा, युवराज माबो, बेदप्रसाद मिश्र, प्रकाश तामाङ, चन्द्रप्रकाश राई, निर्मल खाती र भुवन पासवान निर्वाचित भए ।
अधिवेशनले सङ्गठनका केन्द्रीय प्रतिनिधिमा रीता खत्री, जीवन भण्डारी, सुरेश अधिकारी, प्रकाश अधिकारी र सदनकृष्ण पौड्याललाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा कल्पना अधिकारी, प्रदीप अधिकारी, बेदनिधि खनाल र ऋषिराज पराजुलीलाई चयन गरेको छ ।
सङ्गठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनको उद्घाटन सत्रलाई सङ्गठनको एमाले जिल्ला कमिटीका अध्यक्ष राजकुमार भण्डारीसहित वक्ताहरूले शुभकामना व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण