भारतसँग जिटुजी गरेर डेढ लाख टन मल ल्याउने तयारी
सरकारले भारतसँग जिटुजी गरेर करिब डेढ लाख मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ । ग्लोबल टेन्डरबाट रासायनिक मल खरिद गर्दा किसानलाई समयमानै रासायनिक मल उपलब्ध गराउन नसकेपछि सरकारले भारतसँग जिटुजी गर्न लागेको हो।
भारतले डेढ लाख मेट्रिक टन मल दिन राजी भएपछि सम्झौता गर्ने प्रक्रिया अघि बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दुई देशबीच हुने सम्झौताको ड्राफ्ट समेत आइसकेको छ। रासायनिक मल ल्याउन छिट्टै भारतसँग जिटुजी गर्ने कृषि तथा पशुपन्छी विकास ग्लोबल टेन्डर प्रक्रियाबाट मल खरिद मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले बताए। 'मल दिन गर्दा न्यूनतम ५-६ महिना लाग्ने भएकाले भारत सहमत भएपछि अन्य सबै प्रक्रिया पूरा भएको छ,' सचिव छोटो प्रक्रियाबाट ल्याउन जिटुजी गर्न शर्माले भने, 'अब छिट्टै सम्झौता गर्ने तयारीमा छौं ।' कृषि मन्त्रालयको प्रस्ताव परराष्ट्र मन्त्रालय हुँदै भारत लागिएको हो। सरकारसमक्ष पुगेर सबै प्रक्रिया पूरा भइसकेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा थप ९० सैन्य लक्ष्यमा आक्रमण गरेको अमेरिकाको दाबी
-
बालमन्दिरको रकम हिनामिना गरेको आरोपमा ३ जना पक्राउ
-
मेस्सीको निर्भरतामा परेको अर्जेन्टिना
-
‘आ बाट आमा २’ असोज ३०मा प्रदर्शन हुने
-
बाढी, पहिरो र मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा सास्ती
-
तराईमा गर्मीसँगै वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा यस्तो रहनेछ मौसम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण