मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कतै कडा सजाय त कतै सरकारले नै गर्छ प्रायोजन : भ्यालेन्टाइन डे मनाउनुका अचम्मका परम्परा

सोमबार, ०२ फागुन २०७८, ११ : ३२
सोमबार, ०२ फागुन २०७८

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस, माया अभिव्यक्ति गर्ने दिन, माया अभिव्यक्त गर्नेहरुको दिन । विश्वका सबै देशका युवा यस दिनलाई खासै पर्खेर बस्दैनन् । तरपनि धेरैजसो देशमा धुमधाम र अलग–अलग परम्पराका साथ भ्यालेन्टाइन डे मनाइन्छ । विश्वका सबै देशका  युवा यो दिनलाई विशेष रुपमा कुरेर बस्छन् । धेरैजसो देशमा धुमधाम र फरक फरक तरिकाबाट भ्यालेन्टाइन डे मनाइन्छ  । केही देशमा त यसै दिन विवाह गर्ने चलन पनि छ ।

यसैगरी विश्वका केही मुस्लिम देश पनि छन्, जहाँ आज पनि भ्यालेन्टाइन डे मनाउन रोक लगाइएको छ । यसमा साउदी अरब पनि पर्दथ्यो । साउदी अरब जस्तो परम्परावादी देशमा भ्यालेन्टाइन डे लाई हरामा अर्थात् धर्मको बिरुद्ध सोचिन्थ्यो । यहाँ सम्म कि यदि कसैले यो मनाए उनीहरुमाथि जरिवाना लगाइन्थ्यो ।

साउदी अरबका प्रमुख धार्मिक विद्वान शेख अहमद कासिम एक्ल्याइएपछि त्यहाँ पहिलो पटक सन् २०१८ मा भ्यालेन्टाइन डे मनाइएको थियो ।

शेख अहमद कासिमले आफ्नो बयानमा भ्यालेन्टाइन डे लाई मायाको पर्व माने ।

साउदी अरबमा पछिल्लो पटक बुर्का लगाउने महिलाहरु भ्यालेन्टाइन डे का लागि सडक किनारा र शपिङ मलमा आफ्नो प्रेमीका लागि खुलम खुला पूmल र गिफ्ट किनिरहेको देख्न सकिन्छ ।

यद्यपि, आजपनि कयौँ देशमा यस दिनलाई उत्सवको रुपमा मनाउन प्रतिबन्ध नै छ । आज भ्यालेन्टाइन्स डेको मौकामा विश्वका विभिन्न देशमा भ्यालेन्टाइन डेसँग जोडिएका अचम्मका परम्पराबारे जानकारी लिऔँ ।

बेलायतः मन परेको श्रीमान् पाउन

बेलातयमा भ्यालेन्टाइनको डेको साँझ युवती आफ्ना तकिया मुनी पाँचवटा तेजपात  राखेर सुत्छिन् ।

चारवटा तेजपात तकियाको चारै कुनामा राखिन्छ भने पाँचौ तेजपातलाई तकियामा बीचमा राख्ने गरिन्छ । यसो गर्दा उनीहरुले आफ्नो भविष्यको श्रीमानलाई सपनामा देख्छन् भन्ने मान्यता छ ।

फ्रान्सः यहाँ  छ 'भिलेज अफ लभ'

भ्यालेन्टाइन डेको पहिलो कार्ड फ्रान्समा बनाइएको थियो भन्ने मान्यता छ । सन् १४१५ मा चाल्र्स, डुक अफ अर्लिन्सले जेलबाट आफ्नी पत्नीलाई प्रेम पत्र पठाएका थिए । फ्रान्समा सेन्ट भ्यालेन्टाइनको गाउँ पनि छ । यो गाउँ ‘भिलेज अफ लभ’को नामले प्रसिद्ध पनि छ ।

डेनमार्कः रातो गुलाब दिन प्रतिबन्ध

डेनमार्कमा केटाहरुले  आफ्नी प्रेमिकालाई भ्यालेन्टाइन डे को दिन रातो गुलाफ दिँदैनन्  । यसको साटो ‘स्नोड्रप फ्लावर’ दिइन्छ । यहाँ आपूmले चाहेको व्यक्तिलाई कार्ड पठाउनुको सट्टा नाम नलेखिएका कार्ड पठाउने परम्परा रहेको छ । महिलाले पठाउनेको नाम अनुमान गर्नुपर्ने हुन्छ ।

ब्राजिलमा १२ जुनमा मनाइन्छ भ्यालेन्टाइन डे

ब्राजिलमा १४ फेबु्रअरीमा नभई १२ जुनमा भ्यालेन्टाइन डे मनाइन्छ । ब्राजिलमा यो दिनलाई ‘डिया डोस नमोराडस’को नामले चिनिन्छ । यसको मतलब पोर्चुगलमा  ‘स्वीट हार्ट डे वा बोइफ्रेन्ड÷गर्लफ्रेन्ड डे ’ हुन्छ । यस दिन जोडाजोडीले एक अर्कालाई गिफ्ट दिने गर्छन् ।

इटालीः सबेरै देखिने व्यक्ति श्रीमान् बन्न सक्ने

इटालीमा  भ्यालेन्टाइन डे लाई ‘स्प्रिङ फेस्टिभल’ को रुपमा मनाइन्छ । अविवाहित युवतीले बिहान उठेपछि जसलाई देख्छिन् उनी नै उनको भविष्यको श्रीमान् हुनसक्ने मान्यता राखिन्छ ।

 जापानः थ्याङ्क्स गिभिङ डे

यहाँ भ्यालेन्टाइन डे होइन ‘थ्याङ्क्स गिभिङ’ डे मनाइन्छ । यहाँ महिला आफ्ना श्रीमान्, भाइ, पति, प्रेमी र साथीहरुका लागि थ्याङ्क्स भन्नका लागि चकलेट दिने गरिन्छ  । पुरुषलाई भने १४ मार्चसम्म त्यसको साटो उपहार दिने समय दिइन्छ, यसलाई ‘ह्वाइट डे’ भनिन्छ ।

थाइल्यान्डमा हात्तीमा चढेर विवाह गर्ने चलन

यहाँ भ्यालेन्टाइन डे मा हात्तीमा चढेर विवाह गर्ने चलन रहेको छ । यो अनौठो परम्परा हेर्नका लागि बैंककमा हजारौँ मानिस भेला हुने गर्छन् । हात्तीमा चढेर विवाह बन्धनमा बाँधिएका जोडीसँग अन्य मानिस पनि नाच्छन् । स्थानीय अधिकारी पनि हात्तीमै सवार भएरै जोडीको विवाहको प्रमाणपत्रमा हस्ताक्षर गर्छन् ।

वेल्सः प्रेमको चम्चा

यहाँ जनवरी २५ मा ‘सेन्ट ड्वेनवेन डे’ मनाइन्छ । यो भ्यालेन्टाइन डे जस्तै हुन्छ । यो दिनमा एक खास परम्पराको चलन छ, जसमा जोडी एक अर्कालाई चम्चा उपहार दिने गर्छन् । जसलाई ‘लभ स्पुन’ भनिन्छ । चम्चाको डिजाइनमा दिने व्यक्तिले सन्देश पनि लेखेका हुन्छन् ।

फिलिपिन्सः सरकारले नै विवाहको प्रायोजन गर्छन्

यहाँ भ्यालेन्टाइन डेको मौकामा सरकारले नै विवाहको प्रायोजन गर्छ । यो विश्वकै सबैभन्दा अचम्मको भ्यालेन्टाइन डे सेलिब्रेसन मध्येको एक हो । यहाँको युवाका लागि यो एक विशेष दिन हो ।

इरानः मेहरगन  मनाउने चलन

इरानमा सन् २०११ देखि भ्यालेन्टाइन डे गिफ्ट र कार्डमा प्रतिबन्ध छ । यहाँ भ्यालेन्टाइनको सट्टा मेहरगन मनाउने चलन  छ । मेहरको अर्थ मित्रता, प्रेम र स्नेह हो । मेहरगन एक  इस्लामिक पर्व हो ।

मलेसियाः भ्यालेन्टाइन डे मनाए सजाय

मलेसियाको ६० प्रतिशत जनसंख्या मुस्लिम रहेको छ । यहाँ भ्यालेन्टाइन मनाएको पाइएमा कडा सजायको प्रावधान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप