गठबन्धनले अस्थिरता निम्त्याउन खोज्यो : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्वभाविक र कृतिम रुपमा बनेको गठबन्धनले राजनीतिक अस्थिरता निम्त्याएको बताएका छन् । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर गठबन्धनले मुलुकमा अस्थिरता निम्त्याउन खोजेको बताएका हुन् ।
‘तपाईहरुलाई थाहै छ । आकस्मिक रुपमा दलको बैठक किन बोलाइयो भन्ने । आज मुलुकमा अस्वभाविक र कृतिम रुपमा बनेको गठबन्धनले अस्थिरता निम्त्याउन खोजिरहेको छ’,अध्यक्ष ओलीले स्थानीय चुनाव सार्ने योजना अनुरुप गठबन्धनले यस्तो षड्यन्त्र गरेको बताए ।
त्यस्तै अध्यक्ष ओलीले नेकपा एमाले जिम्मेवार राजनीतिक पार्टी भएको भन्दै एमालेले जिम्मेवार ढंगले नै आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘एमाले जिम्मेवार पार्टी हो । त्यसैले यसले जिम्मेवारपूर्ण कदम चाल्नुपर्छ । आवेश र उत्तेजनामा आएर कुनै निर्णय गर्दैन’, बैठकमा ओलीले भनेका छन् । साथै उनले एमालेलाई कमजोर बनाउन गठबन्धनले अझै षड्यन्त्रहरु गरिराख्ने भएकाले सचेत हुन जरुरी रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाराग्वेको 'फोहोरी खेल', एम्बाप्पेलाई मैदानमै प्रशिक्षकले दिए दुई गार्ड
-
आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा
-
पर्खाल भत्किएपछि महानगरपालिकाको प्रतिकार्य टोलीबाट क्षति रोकथाम
-
पहेंलो कार्डको वर्षा, ब्राजिललाई नर्वेले चुनौती देला ? (भिडियो)
-
बालेन सरकारलाई 'घेराबन्दी' गर्ने रणनीतिमा कांग्रेस, एमाले र नेकपा
-
‘थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ समितिमा पठाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण