एमालेले चोलेन्द्रलाई बोकेर हिँड्दैन : केपी अोली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बोकेर नहिँड्ने बताएका छन् । सोमबार ३ घण्टा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई एमालेले बोकेर हिँड्न नचाहेको बताएका हुन् । बैठकमा सांसदहरुले चोलेन्द्र शमशेर राणामाथिको महाभियोग र एमसीसीबारे पार्टीको धारणा स्पट हुनुपर्ने माग राखेका थिए ।
सांसदहरुको जिज्ञासापछि जवाफ दिँदै अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणविरुद्धको महाभियोगमा गम्भिर षड्यन्त्र लुकेको भन्दै आवश्यक परे सडक, अदालत र संसदबाट समेत प्रतिवाद गर्ने धारणा राखेका थिए । बैठकपछि एमाले मुख्य सचेतक विशाल भट्टराईले महाभियोगपछिको अवस्थामा उपयुक्त निर्णय गर्न उच्चस्तरीय नेतृत्वलाई जिम्मेवारी दिएको जानकारी दिए ।
‘प्रधानन्यायाधीश राणामाथि आएको प्रस्ताव चुनाव सार्न र टार्न र एमसीसी पास गर्ने प्रवृत्तिका रुपमा आएको छ’, बैठकमा अध्यक्ष ओलीले भनेको धारणा उदृत गर्दै भट्टराईले भने, ‘यो व्यक्ति विशेषमात्रै होइन, समग्र लोकतन्त्र र संविधान माथिकै प्रहार हो ।’
त्यस्तै उनले चोलेन्द्रलाई बोकेर नहिँड्ने पनि प्रस्ट पारेका थिए । ‘एमालेको मनसाय चोलेन्द्रलाई बोकेर हिँड्नुपर्छ भन्ने होइन, । उहाँसँग एमालेको धेरै असन्तुष्टि छन् । तैपनि यो वेलामा अदालत गिजोल्ने, निर्वाचन सार्ने र एमसीसी पास गर्ने उद्देश्यले आएको हो । आवश्यक परे सडक, संसदबाट प्रतिवाद गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर झण्डै ६ लाख घुससहित नियन्त्रणमा
-
काभ्रेका किसानहरूले कृषिमन्त्रीलाई भने - रासायनिक मल उपलब्ध गराइदिनुस्
-
सगरमाथा संवादमा सहभागी हुन काठमाडौँ आइपुगे भारतीय वातावरण मन्त्री
-
विद्युत् अवरूद्धपछि अन्धकार काठमाडौँ (तस्बिरहरू)
-
घट्यो पेट्रोलियम पदार्थको मूल्य
-
चेक बाउन्सको मिलापत्रबारे सरकारी वकीललाई महान्यायाधिवक्ता कार्यालयको सर्कुलर