मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

महिलालाई फिटिक्कै मनपर्दैनन् यस्ता खालका पुरुष, तुरुन्तै गर्नुहोस् सुधार

मङ्गलबार, ०३ फागुन २०७८, १२ : १०
मङ्गलबार, ०३ फागुन २०७८

यो कुरा त सबैलाई थाहा छ कि विपरित चिजले एक–अर्कालाई आकर्षित गर्छ । पुरुष र महिलाका यस्ता थुप्रै चिज छन् जुन एक अर्कालाई मनपर्छन् जबकी यस्ता थुप्रै चिज पनि हुन्छन् जुन फिटिक्कै मन पर्दैनन् । सबैमा केही सकारात्मक पक्ष भएसँगै नकारात्मक पाटा पनि हुन्छन् । यस्तै यदि महिलाको कुरा गर्ने हो भने उनीहरुले पुरुषमा हरेक चिजलाई असाध्यै नजिकबाट नियाल्ने गर्छन् । यस्तोमा महिलालाई पुरुषका केही बानी फिटिक्कै मन पर्दैन । यसको अर्थ यो होइन कि तपाईं कोही महिलालाई खुसी पार्नका लागि आफूले आफैंलाई पूर्ण रुपमा बदल्नुहोस् । तपाईंमा यसमा केही सुधार मात्रै गर्नुपर्छ । यस्तोमा यदि तपाईं कुनै महिलालाई मन पराउनुहुन्छ भने तपाईंले पहिला केही कुराबारे थाहा पाउनुपर्छ ता कि अस्विकारको सामना गर्नु नपरोस् । यस्तोमा हामी तपाईंलाई महिलालाई कस्ता खालका पुरुष मनपर्छ भन्नेबारे जानकारी दिँदैछौँ ।

आफूले आफैंलाई सर्वश्रेष्ठ ठान्नेः

आफूलाई ठूलो ठान्ने र महिलालाई तल्लो स्तरको ठान्ने पुरुष महिलालाई फिटिक्कै मन पर्दैन । महिला यस्ता मानिससँगै सधैँ टाढै बस्न चाहन्छन् जसले उनीहरुलाई तल्लो स्तरको देखाउन एउटा मौका पनि छोड्दैनन् । यस्तोमा यदि तपाईं पनि यस्तै खालका व्यक्ति हुनुहुन्छ भने आफ्नो बानी तुरुन्त बदल्नुहोस् । आजको जमाना पुरुष र महिला दुबैको हो । महिला पनि पुरुषसँग काँधमा काँध मिलाएर हिँडिरहेका छन् । कति क्षेत्रमा त महिला पुरुषभन्दा पनि निकै अघि बढिसकेका छन् । त्यसैले महिलालाई कम ठान्ने भूल बिर्सेर पनि नगर्नुहोस् ।

‘हो’ मा ‘हो’ मिलाउनेः

आफ्नो कुरामा अडिग हुने पुरुष महिलालाई मनपर्छ । जसले गलतलाई गलत र सहीलाई सही भन्छन् । महिलालाई प्रभावित पार्नका लागि पुरुषले धेरैपटक उनीहरुको हो मा हो मिलाउँछन् । यस्तो गरेर तपाईं कुनै पनि महिलालाई केही दिनका लागि खुसी त पार्न सक्नुहुन्छ तर त्यसपछि उनलाई लाग्नेछ कि तपाईंको आफ्नो कुनै धारणा छैन र तपाईं उनको हो मा हो मिलाउने काम मात्रै गर्नुहुन्छ । यस्तो बानी फेर्नुहोस् ।

पार्टनरको रुपमा बच्चाः

  तपाईं बाहिरबाट जति नै आकर्षक देखिएपनि यसले कुनै फरक पर्दैन तर तपाईंको दिमाग बच्चाको जस्तै छ भने महिलाले तपाईंलाई फिटिक्कै पनि मन पराउँदैनन् । महिलालाई पुरुषमा निर्भर हुन मनपर्दैन । योभन्दा पनि उनीहरुलाई आफ्ना पार्टनरको बच्चाको जस्तो व्यवहार असाध्यै नै झर्को लाग्छ । यदि तपाईं एउटा राम्रो जागिर खानुहुन्नँ, दिनभरी घरमा नै बसेर आफ्नो समय बर्बाद गर्नुहुन्छ भने तपाईंलाई कुनै पनि महिलालाई मन पराउँदैनन् । यस्तोमा तपाईंले आफ्नो यस्ता बानी सुधार्नुहोस् ।

सधैँ उपदेश दिने खालकोः

महिलालाई मात्रै होइन, यहाँसम्म कि पुरुषलाई पनि जतिबेला पनि आफ्नो ज्ञान बाँड्ने र उपदेश दिइरहने पुरुष मन पर्दैनन् । जीवनमा धेरैजसो समय यस्तो हुन्छ जब मानिस कुनै कुराको वास्ता नगरी रमाउन मात्रै खोजिरहेका हुन्छन् । यस्तो जो मानिस सधैँभरी उपदेश मात्रै दिन्छन् भने धेरैलाई त्यस्ता मानिस मनपर्दैन ।

होच्याउने पुरुषः

केही पुरुषको बानी सबैलाई होच्याउने किसिमको हुन्छ । यस्ता पुरुष सधैँ आफ्ना पार्टनरलाई नियन्त्रणमा राख्न चाहन्छन् ।  यदि तपाईं पनि यस्तै हुुनुहुन्छ भने महिलालाई यस्ता पुरुष रत्तिभर पनि मन पर्दैनन् । आजकालका महिला असाध्यै समझदार हुन्छन् र आफ्नै शर्तमा बाँच्न चाहन्छन् त्यसैले कसैले पनि उनीहरुलाई नियन्त्रण गर्ने कोसिस नगर्दा नै राम्रो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप