दुई वर्षभित्र सबै पालिकामा अस्पताल
स्थानीय तहसम्म स्वास्थ्य सेवा विस्तारका लागि पूर्वाधार निर्माणको काम तीव्र छ । सरकारले गत वर्षदेखि सुरु गरेको स्थानीय तहका आधारभूत अस्पतालका भवन निर्माणको काम धमाधम छ । कतिपयमा निर्माण सुरु भएको छ भने बाँकीको अन्य प्रक्रिया जारी छ ।
सङ्घीय सरकारले गत वर्ष मङ्सिरमा ३९६ वटा पालिकाको आधारभूत अस्पताल निर्माणकार्य सुरु गरेको थियो । त्यसैअनुरूप पालिकाहरूमा पाँचदेखि १५ शैयाका आधारभूत अस्पताल निर्माण भइरहेका हुन् । यस वर्ष सरकारले थप २५९ वटा आधारभूत अस्पताल निर्माणको काम अगाडि बढाएको छ ।
गत वर्ष सुरु गरिएका ३९६ वटामध्ये स्वास्थ्य मन्त्रालयमा अहिलेसम्म २५५ पालिकाको प्रतिवेदन प्राप्त भएकोमा विस्तृत परियोजना प्रस्ताव (डीपीआर) तयार भएको २३१ वटा मन्त्रालय र पालिकाबीच बोलपत्र भई सम्झौता भएका १८४ वटा, सम्झौता भएका पालिकालाई मन्त्रालयले रकम निकासा नै गरेको पालिकाको सङ्ख्या १५० वटा रहेका छन् । त्यस्तै, १५० वटामध्ये ४१ वटा आधारभूत अस्पतालाई मन्त्रालयले दोस्रो किस्ताको रकम प्रदान गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, यस वर्ष निर्माण गर्ने थप २५९ वटा अस्पतालमध्ये १३३ वटा पालिकाको अस्पताल निर्माण प्रक्रियामा छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
-
थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
-
१० बजे १० समाचार : अभिषेक गिरीको जताततै घरजग्गा, फेरि भिड्न थाले इरान–अमेरिका
-
देउवा समूह पार्टीमा एकता कायम राख्न लचिलो बन्ने
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण