ब्याटल ग्राउन्ड : मतदातालाई बावुरामको प्रश्न, ‘काठमाडौं बसेर कहिलेकाँही घुम्न आउने नक्कली माओवादीलाई छान्ने कि, मलाई ?’
पालुङ्टार(गोरखा) – गोरखा निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेद्वार डा. बावुराम भट्टराईले माओवादी नेता एवं आफ्ना प्रतिस्पर्धी नारायणकाजी श्रेष्ठलाई नक्कली माओवादीको संज्ञा दिएका छन् ।
शनिवार पालुङटारमा आयोजित लोकतान्त्रिक गठबन्धनको चुनावीसभालाई सम्वोधन गर्दै नेता भट्टराईले ‘राजतन्त्र विरुद्धको लडाईमा कुन दुलोमा हुनुहुन्थ्यो’ भनेर नारायणकाजीलाई प्रश्न गर्न मतदातालाई आग्रह गरेका छन् ।‘नारायणकाजीलाई सोध्नुहोस् राजतन्त्र बिरुद्धको लडाईमा तपाई कुन दुलोमा हुनुहुन्थ्यो ?’
डा. भट्टराईले भने, ‘शान्ति प्रक्रियामा आएपछि महान क्रान्तिकारी बनेर आउने नक्कली माओवादीलाई छान्ने कि मलाई ?’दुई दिनअघि बाम गठबन्धनले हजारौंको संख्यामा जनसागर उरालेर आफुलाई गाली गरकै स्थानमा सोही परिमाणको जनसागर उतारेका भट्टराईले आफ्ना प्रतिस्पर्धी श्रेष्ठलाई ‘टुरिष्ठ्ट’को संज्ञा दिए ।
‘हरेक महिना गोरखा आउनेलाई छान्नुहुन्छ की, काठमाडौं बसेर कहिलेकाँही घुम्न आउनेलाई छान्नुहुन्छ ?’ उनले भने, ‘मेरो डिक्सनेरीमा ढाँट, छल र षड्यन्त्र छैन् ।’
प्रचण्ड र केपी ओलिले आफुलाई गाली गरेको स्मरण गर्दै नेता भट्टराईले आफुलाई फलेको रुखसँग तुलना गरेर भने, ‘फलेको रुखमा सवैले झटारो हान्छन्, तर रुखले फर्काउँदैन बरु फल दिन्छ ।’१० बर्षे जनयुद्धको नेतृत्वका गर्दा ब्यक्तिगत रुपमा कसैको हानी नगरेको भट्टराईले बताए । उनले भने, ‘हिजो बिद्रोह गरेको हो, त्यसको राजनैतिक जिम्मेवारी लिन्छु ।’
आफ्ना प्रतिद्वन्दी नारायणकाजी श्रेष्ठले कांग्रेसका केही नेता–कार्यकर्तालाई झुक्याएर विज्ञप्तीमा हस्ताक्षर गराएको आरोप लगाउँदै नेता भट्टराईले भने, ‘आउनुहोस्, लिगलिगको फेदीमा यो जनसागर हेर्नुस्, कसले जित्छ ? कसले हार्छ ?’बाम गठबन्धले दुई दिनअघि गरेको सभामा आफुलाई माक्र्सवाद छाडेको भनेर भाषण गरेकोप्रति आक्रोसित देखिएका भट्टराईले गरिबी बाँडेर समाजवाद र साम्यवाद नआउने बताए । उनले भने, ‘गरिबी बाँडेर समाजबाद र साम्यवाद आउँछ ?’ उनले प्रश्न गर्दैै भने, ‘माक्र्सवादको कुन ठेलीमा लेखेको छ, बहस गर्न तयार छु ।’
‘म माक्र्सवादबाट बिचलित भएको छैन’ उनले थपे, ‘आजको माक्र्सवाद गरिबी, बेरोजगारी हटाउँदै सबैलाई सुखी र संवृद्ध बनाउनु हो तर कम्युनिष्ट खोल ओढेकाहरुले देशलाई बार्वादीतिर लाँदैछन् ?’‘एनसेल, कर फस्र्योट र बुढीगण्डकी प्रकरणमा अर्बौ लुट मच्चाईएको छ’ डा. भट्टराईले प्रश्न गरे, ‘यहि को कम्युनिष्ट ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
-
‘पहाडभित्र सुरक्षित हेडवर्क्स बनाएर दुई वर्षभित्र बाह्रै महिना मेलम्चीको पानी दिन्छौँ’
-
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण