काँग्रेस सभालाई सम्वोधन गर्न गएका खाँण हेलिकप्टरमा घाइते लिएर फर्के
अजयबाबु शिवाकोटी
खोटाङ। अत्यन्तै व्यस्त दैनिकीका बीचमा काँग्रेस नेता वालकृष्ण खाँण पूर्वी पहाडी जिल्ला ओखलढुङगाको चुनावी सभामा सम्वोधन गर्न गएका थिए। ओखलढुङगा काँग्रेसले राखेको चुनावी सभालाई सम्वोधन गर्न सदरमुकाम पुगेका खाँणले सम्वोधन गर्दा गर्दै छिमेकको खोटाङबाट एक खबर आयो।
ओखलढुङगाका प्रतिनिधि सभा सदस्यका उमेद्वार रामहरी खतिवडालाई खोटाङका प्रदेश सभाका उमेद्वार बिष्णु कुमार राईले सोधे वालकृष्ण दाई आउनुभएको हेलिकप्टर खोटाङ पठाउन सक्नुहुन्छ?
खतिवडाले किन र के भयो भन्दै राईलाई सोधे। राइले खोटाङ वाटाचौरका एक स्थानियलाई रुखले चेपेर गम्भिर घाइते भएको र उनलाई तत्काल उपचार नगरे रक्तश्राव भएरै ज्यान जान सक्ने अवस्था सुनाए।
खाँण सभालाई सम्वोधन गर्दै थिए। राईको कुरा सुनेपछि खतिवडाले राईलाई यति मात्र भने तपाइलाई एकैछिनमा खबर गर्छु।
सम्वोधन सकेर मञ्चमा आएका पूर्व रक्षामन्त्री तथा काँग्रेस चुनावी परिचालन समितिका संयोजक खाँणलाई खतिवडाले खोटाङबाट राईले फोनमा भनेको कुरा सुनाए।
ओखलढुङगाबाटै काठमाडौं फर्कने गरि गएका खाँणले त्यो कुरा सुन्ने वित्तिकै खोटाङ जाने बताए। उनले खतिवडालाई पनि विष्णु राईलाई खबर गर्न निर्देशन दिएर खोटाङको ऐसेलुखर्क गए।

आफू ऐसेलुखर्कमा रहेका काँग्रेसका नेता कार्यकर्तालाई भेट्न रोकेर हेलिकप्टर भने त्यहाबाट पनि थप १० मिनेटको दुरीमा रहेको बाटाचौर पठाए।
बाटाचौर त्यहि ठाउँ थियो जहाँ चित्र बहादुर राई काठका लागि काट्न गएको रुखले चेपेर गम्भिर घाइते भएर बसेका थिए।
अस्पताल भन्दा धेरै टाढा अनि सवारी साधनको पहुँ चन्दा पनि धेरै टाढा रहेको राईको घरमा खाँणले एयर डाइनेस्टीको हेलिकप्टर नै पठाएका थिए।
गाउँमा बाटो पुगेपनि आक्कलझुक्कल मात्र पुग्ने साना गाडीहरु कुरेर बस्नु बाहेक राई परिवारको लागि अर्को विकल्प थिएन।
६३ बर्षिय चित्र बहादुरको श्रीमती पूर्णमाया राई एकली बेसाहरा जस्तै भएकी थिइन। तर उनलाई स्थानिय काँग्रेसका कार्यकर्ताहरुले एक्लो हुन दिएका थिएनन।
बाटाचौरका साथीहरुले जिल्लाका नेता बिष्णु राईलाई खबर गरे। बिष्णुले आफ्नो पहुँचको प्रयोग गर्दै छिमेकी जिल्लाका नेतालाई खबर गरे। छिमेकी नेता खतिवडाले नेता खाँडलाई भने खाँडले हेलिकप्टर लिएर गाउँ नै पुगे।

बिहान ११ बजे रुखले चेपेर दाहिने खुट्टामा गम्भिर चोट लागेका चित्र बहादुरको हेलिकप्टरमा ल्याउने बेलासम्म रक्तश्राव भइरहेको थियो।
श्रीमतीले आफ्ना फरियाले बेरेर रगत आउन नदिन भरमग्दुर प्रयास गरेकी थिइन्। त्यो नै पहिलो प्राथमिक उपचार थियो। तर त्यसले रगत वग्न किन रोक्थ्यो र?
४ वजे ऐसेलुखर्क ल्याउँदा सम्म उनको खुट्टाबाट रगत बगिरहेको थियो। त्यहाँ ल्याइपुर्याउँदा मात्र बल्ल उनले स्वास्थ्यकर्मीबाट नदुख्ने औषधी पाए। स्लाइन लगाइयो।
काँग्रेस नेता खाँडले त्यहिबाट काठमाडौंमा खबर गरि एयरपोर्टमा एम्वुलेन्स ल्याउन निर्देशन दिए।
काठमाडौंबाट ५ जनाको टोली लिएर चुनावी अभियानमा गएका खाँणले घाइते र उनकी श्रीमतीलाई पनि काठमाडौं लानुपर्ने भएपछि ओखलढुङगाबाट खोटाङहुँदै काठमाडौं फर्किनुपर्ने माधव रेग्मीलाई ऐसेलुखर्कमै रोक्दै घाइतेलाई प्राथमिकतामा राखे।
रेग्मीले पनि खाँणको प्रस्तावलाई सहर्ष स्विकार्दै ऐसेलुखर्कमा रहे। उनले पनि राईको शीघ्रस्वास्थ्यलाभको कामना गरे।
काठमाडौंमा पुग्न ढीला हुने अवस्था आइसकेको थियो। पाँच बजे सम्म काठमाडौं एयरपोर्ट पुगिसक्नुपर्ने हतारोमा थिए पाइलट प्रज्वल केसी।
भिजिविलिटी कम भयो भने काठमाडौं पुग्न सकिदैन भन्ने उनको चिन्ता थियो। घाइतेलाई हेलिकप्टरमा राखेदेखि काठमाडौंमा उपचारका लागि चाँडो पुर्याउन पाए हुन्थ्यो भन्नेमा थिए उनी पनि ।
केसीले काठमाडौंमा रहेका घाइते राईका छोरा धनजंगलाई आफ्नै मोवाइलबाट आमा पूर्णमायालाई कुरा गराइरहेका थिए। उनी आफ्नो मोवाइल डायल गर्न पनि जान्दिनथिन। आएको मोवाइल मात्र उठाउने उनलाई केसीले कुरा गराइरहेका थिए।
काठमाडौंमा ज्यामी काम गर्दै आएका धनजंग बाबुको दुखमा छटपटाइरहेका थिए।
खाँणले घाइते राईलाई १०२ नम्वरको एम्वुलेन्समा राखेर एयरपोर्ट नजिकैको अस्पतालमा तत्काल लैजान प्रवन्ध मिलाएर पार्टीको काममा निस्किएका थिए। घाइतेको श्रीमती पूर्णमायालाई केहि परेमा सहयोगको आश्वासन दिएर निस्किएका खाँणले उनको नम्वर पनि लिएर गए।
एम्वुलेन्समा श्रीमानलाई लिएर अस्पताल जानु अघी पूर्णमायाले पङतकारलाई भनिन, 'मैले त कसैलाई चिन्दिन। हामी कुनामा बसेका गरिवलाई सहयोग गर्नेको भलो होस। सधै उन्नती होस।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण