एमसीसी टेबल हुँदा संसद्मा जे देखियो, तस्बिरमा हेर्नुहोस्
संसद् भवनबाहिर विरोध प्रदर्शन र संसद्‍‍भित्रै पनि प्रतिपक्षी र सत्तारुढ दलकै कतिपय सांसदको विरोधका विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी टेबल भएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख अग्नि सापकोटाको अनुमतिमा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी बैठकमा टेबुल गरेका हुन् ।
कार्कीले एमसीसी टेबल गर्दै गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी जारी राखेका थिए । उनीहरुले एमसीसीको भन्दा पनि सभामुखको भूमिकालाई लिएर नाराबाजी गरेका हुन् भने भीम रावललगायतले चाहिँ एमसीसीकै विरोधमा नाराबाजी र संसद्‍मा बोलेरै विरोध गरे ।
यस्तै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका सांसदहरूले पनि प्रस्ताव वाचन हुँदै गर्दा विरोधमा नाराबाजी गरेका थिए । यसैगरी राष्ट्रिय जनमोर्चा, नेमकिपाका सांसद पनि विरोधमा रहे । सत्तारुढ दलको आजै बसेको बैठकमा एमसीसी टेबल गर्ने सहमति जुटेको थियो भने त्यसपछि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले एमसीसी सम्बन्धी कार्यसूची तय गरेको थियो । एमसीसी टेबल भएसँगै संसद् बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण