आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले पाए विश्व स्काउट एशिया प्रशान्त क्षेत्रको सबैभन्दा ठुलो ‘मेधावी योगदान’ पदक

सोमबार, ०९ फागुन २०७८, २२ : १०
सोमबार, ०९ फागुन २०७८

 पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व स्काउट एशिया प्रशान्त क्षेत्रको सबैभन्दा ठुलो पदक ‘मेधावी योगदान’, प्राप्त गरेका छन् । सोमबार समापन भएको विश्व स्काउट एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धन मार्फत बालबालिका तथा युवाहरुको सर्वपक्षीय विकासमा पुर्याएको योगदानको कदर गर्दै उक्त पदक प्रदान गरिएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले जानकारी दिए । 

ओली ‘मेधावी योगदान’ पदक प्राप्त गर्ने पहिलो नेपाली भएको यस बर्ष यो पदक उनलाई मात्र प्रदान गरिएको बताइएको छ । ओली प्रधानमन्त्री हुँदा उनले नेपाल स्काउट र यसका गतिविधिलाई बिशेष चासोको रुपमा लिई, स्काउट अभियानलाई देशैभर विस्तार गर्न नीतिगत तथा आर्थिक हिसाबले सहयोग गरेका थिए ।

नेपाल स्काउट ऐन २०५० ले प्रधानमन्त्रीलाई नेपाल स्काउटको संरक्षक हुने कानुनी व्यवस्था गरेको छ । प्रधानमन्त्रीकै रुपमा ओलीले विभिन्न स्काउट कार्यक्रममा सहभागिता जनाउनुका साथै ‘बालबालिकासँग प्रधानमन्त्री’ भन्ने कार्यक्रम नै शुरुवात गरेका थिए । पछिल्लो समय नेपाल स्काउटको संरचना ७५३ वटै पालिकामा बिस्तार भएको छ भने देशका सबै विद्यालयमा स्काउट इकाइ सञ्चालन गर्ने कार्य धमाधम भइरहेको छ । यही उपलब्धिलाई ओलीको मुख्य योगदान बताउँदै विश्व स्काउट एशिया प्रशान्त क्षेत्रले “मेधावी योगदान” पदकबाट विभूषित गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप