बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

संखुवासभामा विप्लवका दुई कार्यकर्ता पक्राउ

आइतबार, ०३ मङ्सिर २०७४, १४ : ४२
आइतबार, ०३ मङ्सिर २०७४

भबिन कार्की 

संखुवासभा । जिल्लामा चुनाबविरोधी गतिबिधिमा संलग्न आरोपमा नेपाल कम्युनिट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन् ।  खाँदबारी नगरपालिका –१  बाट देबराज पुरी र चैनपुर नगरपालिका –४ बाट निशा लिम्बुलाई पक्राउ गरेर थप अनुसन्धान भई रहेको संखुवासभाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।   

चुनाबको प्रचारप्रसारका लागी सभापोखरी गाउपालिकाको बाह्रबिसे जादै गरेका बाम गठबन्धनका प्रतिनिधिसभा का उम्मेदवार राजेन्द्र गौतम  प्रदेशसभा ‘क’ का उम्मेदवार पुर्ण प्रसाद राई र समानुपातिक तर्फकी उम्मेदवार इन्दिरा मिश्र चेतना लगायतका नेता कार्यकर्ताको गाडीमाथि बम प्रहार भएको थियो ।

बम प्रहारपछि संखुवासभाको सुरक्षा ब्यबस्थामा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप