महामारीका कारण बेलायत भित्रिने पर्यटक ५० वर्षयताकै न्यून
लन्डन । बेलायत भित्रिने पर्यटकहरूको सङ्ख्या ५० वर्षयताकै कम भएको छ । कोरोना महामारीका कारण लगाइएको यात्रा प्रतिबन्धका कारण सन् २०२१ मा यात्रु सङ्ख्या सन् १९७२ पछिकै सबैभन्दा कम भएको अधिकारीहरूले बताएका छन् ।
बेलायतकै सबैभन्दा ठुलो एयरपोर्ट हिथ्रोमा अवतरण गर्ने यात्रुको सङ्ख्या सन् २०२० को तुलनामा सन् २०२१ मा करिब २६ लाख कम भएको छ । २०२० मा दुई करोड २० लाख यात्रु आएको भए पनि यो सङ्ख्या घटेर २०२१ मा एक करोड ९४ लाखमा झरेको छ। पहिलाको जस्तो सामान्य अवस्थामा फर्कन अझै ३ देखि ४ वर्ष लाग्न सक्ने अनुमान गरिएको छ ।
तर, सन् २०२२ को ग्रीष्ममा भने केहि सुधार हुनसक्ने बताइएको छ । महामारी सुरु हुनु अघि आठ करोड यात्रुहरू आउने एयरपोर्ट अधिकारीले जनाएको छ । युरोपको तुलनामा बेलायतमा यात्रा प्रतिबन्ध बढी कडा गरिएका कारण पनि यात्रु सङ्ख्या घटेको हो ।
फ्र्यान्कफर्ट तथा पेरिस लगायतका केहि युरोपियन मुलुकमा भने २०२० को तुलनामा यात्रु सङ्ख्या वृद्धि भएको छ । इंग्ल्याण्डमा भोलिबाट अर्थात् २४ फेब्रुअरीबाट कोभिडसम्बन्धी बाँकी सबै प्रतिबन्धको अन्त गरिने भएको छ ।
भोलिबाट कोरोना सङ्क्रमित भए पनि आइसोलेसन बस्न नपर्ने तर, घरमै बस्न सुझाव दिइए पनि यसलाई बाध्यात्मक रूपमा भने लागू गरिने छैन । कोरोना महामारीका कारण लगाइएका सम्पूर्ण प्रतिबन्धहरू अन्त भएसँगै होटल, रेष्टुरेन्ट तथा हस्पिटालिटीलगायतका व्यवसायहरू लाभान्वित हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो वर्ष हज यात्रीका लागि साउदी अरेबियाको कडा नियम
-
दोदा नदीमा डुबेर दुई जनाको मृत्यु
-
अन्तर्राष्ट्रिय व्यापारमा २९ भन्सार नाका प्रयोगमा, कुनबाट कति हुन्छ आयात–निर्यात ?
-
सभापति चयनपछि सक्रिय बन्न थाले लुम्बिनी प्रदेशका संसदीय समितिहरू
-
धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने
-
गुजरातलाई ४ विकेटले पराजित गर्दै बैंग्लुरु सातौँ स्थानमा