महामारीका कारण बेलायत भित्रिने पर्यटक ५० वर्षयताकै न्यून
लन्डन । बेलायत भित्रिने पर्यटकहरूको सङ्ख्या ५० वर्षयताकै कम भएको छ । कोरोना महामारीका कारण लगाइएको यात्रा प्रतिबन्धका कारण सन् २०२१ मा यात्रु सङ्ख्या सन् १९७२ पछिकै सबैभन्दा कम भएको अधिकारीहरूले बताएका छन् ।
बेलायतकै सबैभन्दा ठुलो एयरपोर्ट हिथ्रोमा अवतरण गर्ने यात्रुको सङ्ख्या सन् २०२० को तुलनामा सन् २०२१ मा करिब २६ लाख कम भएको छ । २०२० मा दुई करोड २० लाख यात्रु आएको भए पनि यो सङ्ख्या घटेर २०२१ मा एक करोड ९४ लाखमा झरेको छ। पहिलाको जस्तो सामान्य अवस्थामा फर्कन अझै ३ देखि ४ वर्ष लाग्न सक्ने अनुमान गरिएको छ ।
तर, सन् २०२२ को ग्रीष्ममा भने केहि सुधार हुनसक्ने बताइएको छ । महामारी सुरु हुनु अघि आठ करोड यात्रुहरू आउने एयरपोर्ट अधिकारीले जनाएको छ । युरोपको तुलनामा बेलायतमा यात्रा प्रतिबन्ध बढी कडा गरिएका कारण पनि यात्रु सङ्ख्या घटेको हो ।
फ्र्यान्कफर्ट तथा पेरिस लगायतका केहि युरोपियन मुलुकमा भने २०२० को तुलनामा यात्रु सङ्ख्या वृद्धि भएको छ । इंग्ल्याण्डमा भोलिबाट अर्थात् २४ फेब्रुअरीबाट कोभिडसम्बन्धी बाँकी सबै प्रतिबन्धको अन्त गरिने भएको छ ।
भोलिबाट कोरोना सङ्क्रमित भए पनि आइसोलेसन बस्न नपर्ने तर, घरमै बस्न सुझाव दिइए पनि यसलाई बाध्यात्मक रूपमा भने लागू गरिने छैन । कोरोना महामारीका कारण लगाइएका सम्पूर्ण प्रतिबन्धहरू अन्त भएसँगै होटल, रेष्टुरेन्ट तथा हस्पिटालिटीलगायतका व्यवसायहरू लाभान्वित हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण