ब्राजिलमा बाढीबाट २०४ जनाको मृत्यु
ब्राजिलमा केही दिनदेखि जारी रहेको भनिएको वर्षा र त्यसका कारण आएको पहिरोमा परेर कम्तीमा पनि २०४ जनाको ज्यान गएको छ । ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण मृत्यु हुनेको संख्या २०४ पुगेको स्थानीय अधिकारीले बुधबार जनाएका छन् ।
रियो डि जेनेरियो राज्यबाट ६८ किलो मिटर उत्तरमा अवस्थित पेट्रोपोलिस नगरपालिकामा जारी यस बाढीमा परेर अरु कम्तीमा ५१ अझै पनि हराइरहेका उनीहरुले जानकारी दिएका छन् । यस क्षेत्रमा सबैभन्दा तीव्र वर्षा फेब्रुअरी १५ मा रेकर्ड गरिएको थियो । त्यस दिनको बर्षा सन् १९३२ पछिको सबैभन्दा बढीे थियो । वर्षाका कारण यहाँ मानवीयका साथै अन्य भौतिक सम्पत्तिमा पनि क्षति पुगेको बताइएको छ ।
त्यसपछि धेरै पटक भारी वर्षा भएको छ । हालको रेकर्ड गरिएको मृत्युको संख्या यस सहरको इतिहासमा सबैभन्दा धेरै हो । सन् १९८८ मा विनाशकारी भारी वर्षाको कारण १७१ व्यक्तिको मृत्यु भएको थियो । यहाँ गएको एक हप्ता भन्दा बढीदेखि वर्षा र त्यसका कारण बाढी पहिरोको प्रकोप जारी नै रहेको बताइएको छ ।यहाँका स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार व्यापक वर्षाका कारण सडकहरू बन्द भएका छन् भने ठूलो मात्रामा भौतिक सम्पत्तिमा पनि क्षति पुगेको छ । बाढी तथा डुबानका कारण दर्जनौँ घर क्षतिग्रस्त भएका र ठूलो संख्याका मानिसलाई विद्यालयहरूमा आश्रय दिएर राखिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्न अर्थ समितिको बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण