अरनिको राजमार्गको साँगा सडकखण्ड अवरुद्ध
सवारी साधन दुर्घटनामा गएराति मृत्यु भएका व्यक्तिका आफन्तले आज अरनिको राजमार्गअन्तर्गत काठमाडौँ उपत्यकाको पूर्वी नाका साँगा सडकखण्ड अवरुद्ध गरेका छन् । बनेपाबाट साँगातर्फ मोटरसाइकलमा गइरहेका बनेपा नपा–१४ का ३२ वर्षीय विशाल तामाङको सवारी साधनको ठक्करबाट बुधबार राति मृत्यु भएपछि दोषी पत्ता लगाई कारबाहीको माग गर्दै स्थानीयवासीले आज बिहान १० बजेदेखि सडक अवरुद्ध पारेका हुन् ।
सडक अवरुद्ध हुँदा सयौँ सवारी साधनमा राजधानी जाने तथा काभ्रेपलाञ्चोकसहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा मध्यपहाडी क्षेत्र हुँदै पूर्वी तराई जाने यात्रु अलपत्र परेका छन् । राति १० बजेतिर एक सवारी साधनको ठक्करले तामाङको मृत्यु भएको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन कोइरालाले बताए । रातको समयमा ठक्कर दिने सवारी साधनको खोजी कार्य भइरहेको र अवरुद्ध राजमार्ग सञ्चालनको प्रयास भइरहको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण