काँग्रेस धनुषाको अधिवेशन २३ गते
नेपाली काँग्रेस धनुषाको जिल्ला अधिवेशन फागुन २३ मा गर्ने निर्णय भएको छ । जनकपुरधामस्थित काँग्रेस धनुषाको बसेको बैठकले जिल्ला अधिवेशन फागुन २३ मा गर्ने निर्णय गरेको हो ।
मधेस प्रदेशलगायत विभिन्न १६ जिल्लामा हुन बाँकी रहेको जिल्ला अधिवेशनको मिति पटक–पटक सर्दै आएको छ । पछिल्लो पटक फागुन १५ मा हुने भनिएको जिल्ला अधिवेशन विभिन्न कारण देखाउँदै २० गतेलाई सारिएको जानकारीसहित पत्र काँग्रेस केन्द्रीय कार्यसमितिले पठाएको छ । तर केन्द्रीय समितिले तोकेको मितिमा जिल्ला अधिवेशन गर्न प्राविधिक समस्या रहेकाले जिल्लाको बैठक बसेर मिति निर्धारण गरिएको सभापति महेशशंकर गिरीले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्यहरु एमसीसीको विषयमा १६ गते सदनमा हुने छलफलमा सहभागी हुने तथा १९ गते मिथिलाको महत्वपूर्ण धार्मिक पदयात्रा माध्यमिकी परिक्रमा प्रारम्भ हुने भएकाले जिल्ला अधिवेशन सारिएको उनले बताए । काँग्रेस धनुषाले २० गते उम्मेदवारी दर्ता, २१ गते दावी विरोध तथा उम्मेदवारी फिर्ता, २२ गते निर्वाचनको अन्तिम नामावली प्रकाशन र २३ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।
काँग्रेस धनुषा जिल्ला सभापतिका लागि धनुषा उपसभापति रहेका सन्तोष यादव, क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार र संविधानसभा सदस्य दिनेश प्रसैलाले आ–आफ्नो उम्मेदवारी विभिन्न समुहबाट घोषणा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण