पहिलो छापाखाना टहरोमा
नेपालमा भित्रिएको पहिलो छापाखाना ‘गिद्धे प्रेस’ राष्ट्रिय सङ्ग्रहालयको टहरोमा थन्किएको छ । त्यसका अङ्ग खुस्किएका छन् । केही भाग सङ्ग्रहालय परिसरमा छरिएका छन् । निकै गह्रौँ भएकाले छरिएका भागलाई बोकेर टहरोसम्म लैजान कठिन बनेको छ ।
सङ्ग्रहालय प्रमुख जयराम श्रेष्ठले प्रेसका हरेक अङ्ग निकै गह्रौँ भएकाले सङ्ग्रहालयका जनशक्तिबाट जोड्ने प्रयास सम्भव नभएको बताउँदै भने, “त्यसलाई जोड्ने विधि पनि चाहिन्छ । जोड्न जान्ने मानिस पनि छैनन् । त्यसैले त्यत्तिकै थन्किएर रहेको छ ।”
वि.सं. १९०७ मा बेलायत भ्रमणबाट स्वदेश भित्रिएका तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले आफूसाथ छापाखाना ल्याएका थिए । छापाखाना १९०८ सालमा नेपाल आइपुगेको थियो । त्यस प्रेसको सिरानमा गिद्धको आकृति भएकाले त्यसलाई ‘गिद्धे प्रेस’ भन्न थालियो । प्रधानमन्त्री जङ्गबहादुरकै पालामा गिद्धे प्रेसले मुलुकी ऐन पनि छापेको थियो । गिद्धे प्रेसलाई सुरुमा थापाथली दरबारमा जडान गरिएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरिङ्देनमा ‘एक विद्यालय, एक बगैँचा कार्यक्रम’
-
गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन
-
बिहीबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
-
लोमान्थाङमा नयाँ पुल बनेपछि...
-
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
-
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण