शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जग्गाको निस्सा पाएपछि भरतपुरका जनताले भने- बल्ल नेताले बोलेको कुरा पुरा गरे

बुधबार, १८ फागुन २०७८, २० : २९
बुधबार, १८ फागुन २०७८

चितवनको भरतपुर महानगरमा लालपुर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा वितरण कार्यले तीव्रता पारिएको छ । राष्ट्रिय भूमि आयोग चितवनको सहकार्यमा भरतपुर महानगरले २, ६, ११, १२, १३, १४, २१, २४ र २९ वडा गरी ९ वटा वडामा निस्सा वितरण गरिरहेको छ । यस्तै जग्गा नापजाँच गरी सकेको राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले जानकारी दिए । सोही अभियान  अन्तर्गत भरतपुर २९ का भूमिहीनलाई भूमि छिटो वितरण गर्ने प्रक्रिया अनुसार निस्सा वितरण सुरु गरेको तिमिल्सिनाले बताए ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, उपमेयर पार्वती शाह, राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष तिमिल्सिना वडा २९  वडा अध्यक्ष मानबहादुर मगरले संयुक्त रुपमा भूमिको निस्सा कागज वितरणसँगै जग्गाको नापजाँच सुरु गरेका थिए । आयोगका अनुसार यहाँ  एक हजार १६० जना बढीलाई निस्सा प्रदान गरिएको छ । निस्सा पाएपछि आफूहरूको माग पूरा हुनेमा विश्वस्त रहेको सुकुम्बासीहरूले बताएका छन् । उनीहरुले जग्गा आफ्नो हुने भन्दै नेताहरूले बोलेको कुरा पूरा गर्न लागेकोमा खुसी व्यक्त गरेका छन् ।

आयोग चितवनका अध्यक्ष तिमिल्सिनाले भूमिहीन मुक्त अभियान जारी रहेको भन्दै  नापजाँच अभियानमा सहयोग गर्न आग्रह गरे ।  यसअघि गएको माघ १८ गते भरतपुरको वडा नम्बर १४ बाट निस्सा काग वितरण काम सुरु भएको थियो । मेयर रेनु दाहालले पुर्जा वितरणका लागि पहिलो चरणमा परेको र भूमिहीन सुकुम्बासी, भूमिहीन दलित अव्यवस्थित नागरिकहरूलाई आफ्नै कार्यकालमा जग्गासहित रातो लालपुर्जा दिन पाउँदा खुसी लागेको बताइन् ।  उनले विकास र समृद्धिको बाटो लम्किएको भरतपुरको रफ्तार अगाडि बढाउन फेरि सबै एकजुट हुन अपिल गरिन् ।

चितवनमा भरतपुर महानगरमा मात्रै १० हजार २९, कालिका नगरमा पाँच हजार ५५९ र माडी नगरमा पाँच हजार ४५६ दलित, भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपुर्जाको माग गर्दै निवेदन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप