एमाले रातो घोडा हो, जो–जो आउनुहुन्छ आउनुस् लड्न : गोकुल बाँस्कोटा
पूर्वमन्त्री समेत रहेका नेकपा एमाले नेता गोकुल बाँस्कोटाले एमाले रातो घोडा भएको भन्दै अन्य दलहरूलाई एमालेसँग लड्न आउन चुनौति दिएका छन् । वर्तमान गठबन्धन लामो समय टिक्न नसक्ने जिकिर गर्दै उनले एमालेसँग जो–जो आउनुहुन्छ लड्न आउनुस् हामी जित्छौँ भन्दै आग्रह समेत गरे ।
प्रेस चौतारी नेपाल कर्णाली प्रदेश समितिको प्रथम अधिवेशनमा बोल्दै उनले भने,‘यो देशमा ओलिवेशन आयो–आयो म दाबीका साथ भन्छु, आउने निर्वाचनमा हामी पहिलो पार्टी बन्छौं ।’ साथै उनले अहिलेको सरकारलाई महावीर पुनको आविस्कार केन्द्रमा गएर नयाँ कुरा सिकेर आउन आग्रह गरे । उनले पत्रकार महासंघका मर्यादामाथि प्रश्न उठाउपर्ने बताए । ‘एमाले कर्मद्वारा जनताको मन जित्ने पार्टी हो’ उनले भने,‘दैलेखमा ग्यास उत्पादनन गर्नुपर्छ भन्ने एमाले हो भने कर्णालीका जनताले कहाँ मतदान गर्छन ?’
एमसीसीको बारेमा कुरा गर्दै पुष्पकमल दाहलले अमेरिकी साम्राज्यवाद भन्न विर्सनुपर्छ भन्दै प्रचण्डमाथि आक्रोश पोखे । ‘संविधान जोगाउने उहाँहरु होइन आफ्नो छाला बचाउनका लागि एमसीसी पास गर्न सहमत हुनुभयो’ नेता बाँस्कोटाले भने।
उनले प्रचण्ड र माधवविरुद्ध खनिदै भने, ‘पुष्पकमलले ल्याएर आएको संविधान होर ? अघिल्लो दिनसम्म राष्ट्रघात पछिल्लो दिन सहमति यो के नाटक हो ? ’ साथै एमालेले गरेका कामहरु सञ्चारमाध्यामले नलेखेको भन्दै मिडिया पक्षपाती भएको टिप्पणी उनले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण