पार्टीभित्रको अन्तरविरोधलाई अतिरञ्जित नगर्न नेता श्रेष्ठको आग्रह
बिहीबार, १९ फागुन २०७८, १९ : २७
नेकपा माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले पार्टीमा देखिएको मतभेद र अन्तरविरोधलाई अतिरञ्जित ढंगले नबुझ्न आग्रह गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले पार्टीभित्र देखिएको अन्तरविरोधलाई अतिरञ्जित ढंगले नबुझ्न आग्रह गरेका हुन् ।
उनले लेखेका छन्, ‘हाम्रा पार्टीभित्र देखिएको मतभेद र अन्तरविरोधलाई लिएर विभिन्न सञ्चार माध्यममार्फत विभिन्न ढंगले प्रचार भइरहेको सम्बन्धमा विषयलाई अतिरञ्जित ढंगले नबुझ्न सबैसँग अनुरोध गर्दछु ।’ अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभाबाट पास भएपछि माओवादी केन्द्रमा विवाद देखिएको थियो ।
माओवादी केन्द्रले एमसीसीको पक्षमा मतदान गरेपछि नेता श्रेष्ठ असन्तुष्ट पोख्दै आएका छन् । उनले पार्टीको विवाद मिलाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्नो बीचमा छलफल जारी रहेको पनि उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण