मृगौला रोगीका लागि नर्भिकमा निःशुल्क ओपीडी सेवा
नर्भिक अस्पतालको यूरोलोजी टिमले फागुन २१ गते शनिवार निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो ।
केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा बिहान ९ः३० देखि ११ः३० बजेसम्म (२ घण्टा) संचालन हुने अस्पतालले जनाएको छ । मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले ओपिडीमा सहभागी भई परामर्श सेवा लिन सक्छन् ।
निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्छन् । कोभिड संक्रमणका कारण रोकिएको निःशुल्क ओपिडी अभियान गत सातादेखि पुनः सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरपालिकाको रकम हिनामिना लुकाउन मेयरले आफ्नै अपहरणको नाटक गरेपछि...
-
‘अक्षरा’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने
-
दक्षिण एसिया मामलामा अमेरिकाले भारतसँग सोध्न छोडेको छ
-
हामी एआईलाई सबैका लागि सुरक्षित बनाउन सक्छौँ
-
मौद्रिक नीतिमा नीतिगत लचकता अपनाउन सुझाव
-
मेक्सिकोविरुद्धको खेलमा इंग्ल्यान्डका खेलाडीले किन प्रयोग गर्दैछन् भियाग्रा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण