उम्मेदवारलाई जनताको प्रश्न: हाम्रा छोरा-छोरी विदेश नजाने दिन कहिले आउँछ ?
चुरामणि अर्याल - कपिलवस्तु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा कपिलवस्तुको चुनावी माहोल तातिदै गएको छ ।
यतबेलाला उम्वेदारहरु मतदाताको घरदैलोमा गएर भोट माग्न व्यस्त देखिन्छन् । भोट माग्दै गर्दा मतदाताले उम्वेदारसामु विभिन्न प्रश्न राख्न थालेका छन् ।
सोमबार कपिलवस्तुको क्षेत्र नं.१ मा भएका विभिन्न पार्टीका चुनावी कार्यक्रममा धेरैले गर्ने एउटै प्रश्न थियो, युवाहरु विदेश नजाने दिन कहिले आउछ ? त्यसै मध्यकी एक हुन् सैनुना चौधरीे । वामगठबन्धनका नेतासँग उनको ओजिलो प्रश्न एवं जिज्ञासा थियो, – हाम्रा छोरा छोरी विदेश नजाने दिन कहिले आउँछ हजुर ?
चुनावका बेला युवालाई रोजगारी दिने तर, तर चुनाब जितेपछि गाउँ नर्फकने, गरीबका छोराछोरी सधै रोजगारीका लागि खाडीमा जोखिमपुर्ण काम गर्नुपर्ने उनको दुखेसो थियो ।
धेरैपटक हाम्रो मत खेर गयो, अब मत खेर नजाओस्, छोरा छोरी स्वदेशमै जागिर पाउने ग्यारेन्टी गर्नेलाई मात्र भोट दिने हो – उनले भनीन् । निर्णायक मत गृहिणी महिलाको छ । कार्यक्रममा अर्की महिला सिता यादवको पनि चौधरीको जस्तै जिज्ञासा थियो ।
उनीहरु त प्रतिनिधि पात्र मात्र हुन । धेरैका जिज्ञासा यस्तै छन् । चुनावको बेला मात्र आश्वासन दिएर पुग्दैन काम पनि गर्नुपर्छ भन्दै मतदाताले प्रश्नहरु गर्न थालेका छन् । तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कपिलवस्तु जिल्लामा ३ लाख ११ हजार ७ सय ६० मतदाता छन् । साथै ९ पदका लागि जिल्लामा २४ दल र स्वतन्त्र गरि १ सय ८१ उम्मेदवार चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण