पिपल्स च्वाइस अवार्डका लागि एनएसजेएफ र ई–सेवाबीच सम्झौता
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र विद्युतीय भुक्तानी कम्पनी ई–सेवाबीच प्रायोजन सम्झौता गरेको छ । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि मञ्चले यसपटक पनि ई–सेवासँग भोटिङ पार्टनरका रुपमा प्रायोजन सम्झौता गरेको हो । आइतबार सम्झौता पत्रमा मञ्चका तर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदी र ई–सेवाका तर्फबाट चिफ म्यानेजर आशिष गौतमले हस्ताक्षर गरेका छन् ।
ई–सेवाका चिफ म्यानेजर आशिष गौतमले नेपाली खेल क्षेत्रको प्रतिष्ठित अवार्डमा जोडिन पाउँदा गौरवान्वित महसुस भएको बताए । ‘‘हामी नेपाली खेलकुदसँग सधै नजिक रहदै आएका छौं । नेपाली खेलकुदकै प्रतिष्ठित अवार्डसँग जोडिन पाउँदा थप खुशी छौं,’’ ई–सेवाका चिफ म्यानेजर गौतमले भने, ‘‘एनएसजेएफसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन हामी प्रतिवद्ध छौं ।’’
यससँगै अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा पर्न सफल खेलाडीलाई समर्थकले ई–सेवामार्फत मत दिने पाउनेछन् । मञ्चको ई–सेवासँग दोस्रो सहकार्य हो । मञ्चको छनोट समितीले पिपल्स च्वाइज विधामा टेबलटेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका कुशल भुर्तेल र फुटबलकी एन्जिला तुम्बापो सुब्बालाई मनोनयन गरेको हो । मनोनयनमा पर्न सफल खेलाडीलाई मञ्चका सदस्य, २७ खेलका प्रमुख प्रशिक्षक र समर्थक मतदान गर्नेछन् । धेरै मत ल्याउने खेलाडीलाई चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने अवार्ड कार्यक्रममा विजेता घोषित गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण