आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मौसम पूर्वानुमान : यी स्थानमा हिमपातको सम्भावना

सोमबार, २३ फागुन २०७८, ०६ : ५८
सोमबार, २३ फागुन २०७८

मौसम पूर्वानुमान महाशाखाले आज देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको जानकारी दिएको छ । सोमबार जारी मौसम पूर्वानुमानमा देशको पहाडी  तथा हिमाली  भूभागमा आंशिक बदली रही  बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जानकारी दिइएको छ । 

सोमबार दिउँसो देशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ।

त्यसैगरी, राति देशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी र सुदुर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप