शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सकियो अन्तर्राष्ट्रिय लोक साँस्कृतिक महोत्सव

सोमबार, २३ फागुन २०७८, १३ : २२
सोमबार, २३ फागुन २०७८

११ औँ ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०७८’ आइतबार सकिएको छ । शनिबार र आइतबार भर्चुअल रुपमा आयोजना भएको महोत्सव आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपको रहेको थियो । विगतका बर्षमा भौतिक रुपमा आयोजना हुँदै आएको महोत्सव यो पटक कोरोनाको कारण भर्चुअल आयोजना भएको महोत्सवका कार्यक्रम संयोजक जोगेन्द्र केसीले बताए ।

यो पटक महोत्सवमा इस्टोनिया, मेक्सिको, बङ्गलादेश, बोलिभिया, भारत, मलेसिया, बुल्गेरिया, कोलम्बिया, चिली, इक्युडोर, इजिप्ट, लिथ्युनिया, पेरु, फिलिपिन्स, पोल्यान्ड, पोर्चुगल, इजरायल, रोमानिया, सरबिया, सिङ्गापुर, स्लोभाकिया, साउथ अफ्रिका, स्पेन, ताइवान, तान्जेनिया, जिम्वाबे र नेपालसहित २४ बढी राष्ट्रको सहभागिता रहेको थियो । यसपटक नेपालको भने पश्चिम तराईका थारु जातीले नाच्ने मगौटा नाच, गण्डकी प्रदेशका गुरुङ मगरहरूले नाच्ने कौडा नाच, उपत्यकामा रहेको परापूर्वकालदेखि चलिआएको भैरव, काली र लाखे, नेवार जातिले धिमे नृत्य र कला संस्कृति नेपालबाट सहभागी भएका थिए ।

प्रत्येक दुई वर्षमा नियमित आयोजना हुँदै आएको लोक साँस्कृतिक महोत्सवको उद्देश्य विश्वभरि छरिएर रहेका लोप हुन लागेका लोकसाँस्कृतिक, धुन, नृत्य र गीतहरू लगायतका विभिन्न पक्षको विकास, विस्तार र जगेर्ना गर्ने गराउने रहेको संयोजक केसीले जानकारी दिए । 

वर्तमान युवा पीढि आफ्नो मौलिकतालाई बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको अहिलेको अवस्थामा संस्कृति प्रवद्र्धनका निम्ति महोत्सव आयोजना भएको हो । महोत्सव समापन कार्यक्रममा नृत्य निर्देशक तथा महोत्सव संयोजक जोगेन्द्र केसी र पुराना कलाकार शम्भु शाही सम्मानित भए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप