धनुषा काँग्रेस मतगणना सुरु, सभापतिमा सन्तोषलाई पछ्याउँदै योगेन्द्र
नेपाली काँग्रेस धनुषाको १४ औँ जिल्ला अधिवेशनको मतगणना सुरु भएको छ । निर्वाचन समिति धनुषाले सबै पक्षसँगको छलफलबाट निर्धारण गरिएको मापदण्ड अनुसार मतगणना सुरु भएको हो ।
धनुषा काँग्रेसको सभापति पदमा तीन जना मध्ये दुई जनाको कडा प्रतिस्पर्धा चलिरहेको छ ।
निर्वाचन समितिका अनुसार अहिलेसम्म सन्तोष यादवले २१५, योगेन्द्र पजियार १९४ र दिनेशप्रसाद यादव प्रसैलाले ५९ मत प्राप्त गरेका छन् । धनुषाको क्षेत्र नम्बर ४ को मतपेटिकाबाट मतगणना सुरु भएको निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीका अनुसार निर्वाचन क्षेत्र नम्बर ४ कुल खसेको मत ६९१ मध्ये ३०२ मतगणना भएको छ । जसमध्ये ३४ मत बदर भएको जनाइएको छ । सोमबार राति सम्पन्न मतदानको मतगणना राति गर्ने भनिएपनि आन्तरिक समस्याका कारण मंगलबार दिउँसोबाट सुरु भएको हो ।
जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा सोमबार बिहान ११ बजेदेखि सुरू भएको मतदानमा २ हजार ९१२ जनाले मतदान गरेका थिए । धनुषा काँग्रेसका ३ हजार १७३ मतदाता छन् ।
धनुषा काँग्रेसको सभापतिमा ३, दुई उपसभापतिका लागि ६, दुई सचिवका लागि ९ र दुई जना सहसचिवका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । धनुषाको क्षेत्र नम्बर १ मा ८०१ मत मध्ये ७५३ मत, क्षेत्र नम्बर २ मा ८३० मध्ये कुल ८०० मत, क्षेत्र नम्बर ३ मा ७१० मध्ये ६६८ र क्षेत्र नम्बर ४ मा ७०९ मध्ये ६९१ मतदान भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने काँग्रेसको विधानमा व्यवस्था गरिएको छ । ५१ प्रतिशतभन्दा कम मत ल्याएमा अथवा बराबर मत ल्याएमा दोस्रो पटक निर्वाचन हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण