स्नातक उत्तीर्ण इन्जिनियरहरूलाई निजामति सेवा प्रवेश दिँदा सातौं तह कायम
बागमती प्रदेश सरकारले स्नातक उत्तीर्ण इन्जिनियरहरूलाई निजामति सेवा प्रवेश दिँदा सातौं तह कायम हुने भएको छ । यसअघि इन्जिनियरहरूले प्रदेश लोकसेवाबाट जारी विज्ञापनमा छैठौं तहमा आह्वान भएको भन्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको ध्यानाकर्षण गराएका थिए ।
नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेश समितिले मुख्यमन्त्रीलाई १० माघमा इन्जिनियरिङ विषयमा उत्तीर्ण इन्जिनियरलाई कम्तिमा ७ औं तहका लागि विज्ञापन आह्वान गर्नुपर्नेमा प्रदेश लोक सेवा आयोगले छैठौं तहका लागि विज्ञापन खुलाएको भन्दै ध्यानाकर्षण गराएको थियो ।
प्रदेशको आन्तारिक मामिला तथा कानुन मन्त्रालयले तयार गरिरहेको विधेयकको मस्यौदामा इन्जिनियरिङ क्षेत्रका विभिन्न संगठनले उठाउँदै आएका माग प्रदेश सरकारले सम्बोधन गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारी अनुसार मुख्यमन्त्री पाण्डेले प्रदेश लोकसेवा आयोगसँग परामर्श गरेपश्चात् प्रदेश निजामती सेवा विधेयकमा ७ औं तह कायम गर्ने व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
लोकसेवाबाट १० माघमा प्रकाशित विज्ञापन रद्ध गर्ने वा नगर्ने भन्ने विषयमा आयोगका सबै पदाधिकारीहरु र मुख्यमन्त्री पाण्डेबीच भएको छलफलबाट ७ औं तह कायम गर्ने सहमति बनेको थियो । विज्ञापन रद्ध गर्दा ३५ वर्षे उमेर हदको कारण योग्य र प्रतिभावान जनशक्तिको लागि ढोका बन्द हुने भएकोले प्रदेशले ऐन जारी गर्दा वा अध्यादेश ल्याउँदा तह समायोजन गर्नका लागि लोकसेवा आयोगका अध्यक्षले सुझाव दिएपछि विज्ञापन स्थगित भएको थिएन । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रुद्रसिंह तामाङले मुख्यमन्त्रीको निर्देशन बमोजिम मस्यौदा तयार भइसकेको जानकारी दिए ।
समाजवादी इन्जिनियरिङ संगठनका बागमती प्रदेश संयोजक तथा मुख्यमन्त्रीको प्रमुख स्वकीय सचिव उमेश रुपाखेतीले संगठनहरुले निरन्तर आवाज उठाएपछि माग सम्बोधन भएको बताए । इन्जिनियरहरुको प्रतिष्ठा तथा इन्जिनियरिङ शिक्षाकै अवमूल्यन हुने गरी प्रकाशित विज्ञापनको सूचना सच्याउन प्राप्त ध्यानाकर्षण पत्रहरु बारे गम्भीरता पूर्वक छलफल गर्दै यस निर्णय लिइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात
-
बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन
-
बाँकेमा दुई व्यवसायीलाई जरिवाना र सजाय
-
यमनमा फेरि युद्धको जोखिम बढ्दै, हुथी विद्रोहीका लागि किन फरक हुन सक्छ यो पटकको संघर्ष ?
-
प्रस्तावित निर्वाचन आयुक्त सुब्बालाई सभापति श्रेष्ठको प्रश्न, ‘तपाईंको बिदाइको भाषण कस्तो होला?’
-
नेपाल केरामा आत्मनिर्भर उन्मुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण