अभिनेत्री करिश्मा मानन्धरले लिइन् एमाले प्रवेशको निर्णय
अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले प्रवेशको निर्णय गरेकी छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि एमाले प्रवेशको निर्णय लिएकी हुन् । मानन्धरले आफू एमाले प्रवेश गर्ने निर्णयमा पुगेको रातोपाटीलाई जानकारी दिइन् । उनका अनुसार बिहीबार ओलीसँग मानन्धरको भेटवार्ता भएको थियो । सो क्रममा ओली र मानन्धरबीच पार्टी प्रवेशबारे छलफल भएको र मानन्धर पार्टी प्रवेशमा राजी भएकी हुन् ।
‘एमालेमा लाग्ने निर्णय गरेको छु । निजी हिसाबले मैले यो निर्णय गरेकी हुँ’, उनले रातोपाटीसँग भनिन्, ‘राजनीतिमा झुकाव छ । कुनै न कुनै विचारलाई समातेर अघि बढिन्छ । राजनीतिमा लाग्ने यो यो राइट टाइम पनि हो । पार्टीमा प्रतिबद्ध भएर अघि बढ्दा ठीक होला भनेर यो निर्णय लिएँ ।’
यसअघि उनी बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिमा सक्रिय थिइन् । केही समयको राजनीतिपछि सो पार्टीबाट अलग भएकी उनी हाल आएर फेरि एमाले प्रवेशको निर्णयमा पुगेकी हुन् । उनलाई केही दिनमै एक कार्यक्रम गरेर पार्टी प्रवेश गराउने एमालेले तयारी गरेको छ।
यसअघि मानन्धरले ओलीको प्रशंशा गर्दै आएकी थिइन् भने ओलीले आफूलाई बारम्बार फोन गरेको बताउँदै आएकी थिइन् । कक्षा १२ को परीक्षा दिँदा ताका आफूलाई ओलीले परीक्षाबारे सोधिखोजी गरेको भन्दै सार्वजनिक रुपमा खुशी व्यक्त गरेकी थिइन् भने त्यतिबेला पनि उनले ओलीलाई बालकोटमै पुगेर भेटेकी थिइन् ।
बिहीबार बालकोटमा भएको भेटमा एमाले नेताहरु नवराज सिलवाल, गंगा चौधरीलगायत पनि सँगै रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण