१० भदौमा प्रदीप र दीयाको प्रकाश
अभिनेता प्रदीप खड्का र अभिनेत्री दीया मास्केको मुख्य भुमिका रहेको फिल्म ‘प्रकाश’ आगामी १० भदौ प्रदर्शनमा आउने भएको छ । अभिनेता प्रदीपको जन्मदिन पारेर निर्माण युनिटले विहिबार फिल्मको पोष्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् ।
पोष्टरमा प्रदीप र दीयाले स्थान पाएकी छन् । पोस्टरमा सामान्य खालको पुरानो सट लगाएर देखिएका प्रदीपले शिरमा सेतो रंगको टोपी र छातीमा राष्ट्रिय प्रजातन्त्र पार्टी नाम लेखिएको झोला समेत बोकेका छन् । त्यस्तै दीयाले आफ्नो शिर ऊनको पछ्यौरीले ढाकेकी छन् भने घाँटीमा मंगलसुत्र र नाकमा बुला देख्न सकिन्छ ।
दिनेश राउतको निर्देशन रहेको फिल्मले निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथा उठाएको छ । महेन्द्र अधिकारीले निर्माण रहेको फिल्ममा प्रदीप र दीयाको अलवा प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतको अभिनय छ । फिल्मको कथा विकास सुवेदीे लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
-
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण