स्वतन्त्रताको नाममा हामी बढी अनियन्त्रित र छाडा भएका छौँ : ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्रताको नाममा हामी पछिल्लो समय बढी अनियन्त्रित र छाडापन मौलाएको बताएका छन् । प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय सम्मेलनलाई शुक्रबार पोखरामा उद्घाटन गर्दै ओलीले आजको सञ्चार क्षेत्रले उपलब्धिलाई सही ढंगले सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिए ।
सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म छाडापन देखिएको उनको भनाइ थियो । ‘हामी आवश्यकता भन्दा बढी अनियन्त्रित र छाडा भएका छौँ । स्वतन्त्रताको सदुपयोग गर्न नसक्ने स्थिति देखिएको छ। आजको सञ्चार क्षेत्रले उपलब्धिलाई सही ढंगले सदुपयोग गर्न सक्नुपर्छ’, उनले भने ।
ओलीले नेपालमा शासकले प्रेस र सञ्चारलाई संगठित रुपमा प्रयोग गर्न नसकेको उल्लेख गर्दै देशमा प्रेस र प्रेस स्वतन्त्रताको इतिहास लामो नरहेको बताए । ‘मकैको खेती काण्ड भन्ने पुस्तक लेख्दा जेल जानुपर्ने अवस्था थियो । लक्ष्मीप्रसाद देवकोटाले लाइब्रेरी खोल्दा कारबाही भोग्नुपर्ने अवस्था सिर्जना भयो’, उनले भने, ‘२००७ सात सालपछि बल्ल प्रेस स्वतन्ततासम्बन्धी चेत पलायो ।’ उनले राणाकाल र राजाको शासन हुँदासम्म प्रेस स्वतन्त्रता नफक्रिएको बताए । नेपाली काँग्रेसले भागेको राजा काँधमा बोकेर ल्याएको उल्लेख गर्दै उनले कहिले पनि उनले राजाको विरोध नगरेको उल्लेख गरे । उनले २०४६ पछि मात्रै प्रेस स्वतन्त्रताको उपभोग गर्न पाइएको उल्लेख पनि गरे ।
ओलीले प्रेस स्वतन्त्रता भनेको स्वतन्त्रतासम्बन्धी मानवीय चेतनासँगको विषय भएको पनि बताए । उनले मानवजातिको विकास हुँदादेखि नै सञ्चार रहेको बताउँदै सञ्चारको रुप विकास हुँदै आधुनिकताको अहिलेको अवस्थामा आइपुगेको बताए । उनले सञ्चारमाध्यम सत्य र न्यायको पक्षमा हुनुपर्नेमा पनि जोड दिए । प्रेस चौतारीको पोखरामा शुक्रबारदेखि सुरु भएको राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय हाप्किडो प्रतियोगितामा दाङ च्याम्पियन
-
पाराग्वेको 'फोहोरी खेल', एम्बाप्पेलाई मैदानमै प्रशिक्षकले दिए दुई गार्ड
-
आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा
-
पर्खाल भत्किएपछि महानगरपालिकाको प्रतिकार्य टोलीबाट क्षति रोकथाम
-
पहेंलो कार्डको वर्षा, ब्राजिललाई नर्वेले चुनौती देला ? (भिडियो)
-
बालेन सरकारलाई 'घेराबन्दी' गर्ने रणनीतिमा कांग्रेस, एमाले र नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण