आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले भने–रामराज्यमा वाईफाई फ्री थियो र ?

शुक्रबार, २७ फागुन २०७८, १४ : ०५
शुक्रबार, २७ फागुन २०७८

एमाले अध्यक्ष केपी शर्मा ओलीले राम राज्य आहा थियो भनिनु बेकार भएको बताएका छन् । राम राज्य आहा थियो भने के त्यहाँ इन्टरनेट थियो र भन्दै तर्क गरे ।  उनले अहिलेको अवस्थालाई सही ढंगले अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै सत्य युग र राम राज्य आहा थियो भनेर भ्रम पाल्न नहुने बताए । 

बिहीबार प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय सम्मेलनलाई पोखरामा सम्बोधन गर्दै ओलीले भने, ‘भ्रम के पाल्नु हुन्न भने सत्य युग भन्ने आहा थियो । राम राज्य आहा थियो । त्यहाँ के थियो ? त्यहाँ इन्टरनेट फ्रि गरिदिएको थियो ?’
उनले पूर्वजहरुले मानवसभ्यताको विकासका लागि धेरै खोज, अध्ययन र चिन्तन मनन गरेको भन्दै त्यसमा भने अहिले पनि पाठ सिक्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप