खानपानको परिवर्तनले वजन बढ्नबाट रोक्दैन
अहिले धेरै जसो मानिसहरुको जीवनशैली पहिलेको जस्तै सक्रिय छैन । अत्यन्त कम वा छँदै छैन भन्ने बराबरको व्यायामले मोटोपनको समस्या बढ्दै गइरहेको छ । जसले गर्दा गम्भिर प्रकारका रोगलाई निम्ता दिइरहेको छ ।
वजन कम गर्न विशेषज्ञले खानपान र शारीरिक गतिविधिमा परिवर्तन गर्न सल्लाह दिएका छन् । तर, क्यानेडियन मेडिकल एसोसिएशन जर्नलमा प्रकाशित भएको एक अध्ययनका अनुसार सानो–तिनो परिवर्तनबाट वजन लामो समयसम्म नियन्त्रण गर्न सकिँदैन ।
दुई वर्षसम्म गरिएको अध्ययन अनुसन्धानमा धेरै वजन र मोटोपनबाट पीडित ३२० जना वयस्कलाई समावेश गरिएको थियो । उनीहरुको उमेर २५ देखि ७० वर्षसम्म रहेको थियो । सहभागीको औसत उमेर ५२.६ थियो भने यसमा ७७ प्रतिशत महिला थिए । उनीहरुलाई दुई वर्षसम्म प्रत्येक दिन एक सय किलो क्यालोरी कम गर्न दुई हजार कदम हिड्न सल्लाह दिइएको थियो ।
मोटो मानिसमा सानो परिवर्तनको असर हुन्न
अनुसन्धानको नेतृत्व गरेका वैज्ञानिक रोबर्ट रोसले धेरै वजन वा मोटा वयस्कमा सानो परिवर्तनको असर लामो समयसम्म नरहने बताएका छन् ।
पहिले शारीरिक क्रियाकलाप र खानपानमा सानो परिवर्तन गर्नाले लामो समयका लागि वजन नियन्त्रण गर्न सकिने वैज्ञानिकले भन्दै आएका थिए । तर यो अध्ययनको नतिजाले केही अन्य नै बताएकाे छ ।
पहिले अनुसन्धानको नतिजा उल्टो
योभन्दा तीन वर्ष पहिले गरिएको एक अध्ययनमा अधिक वजन भएका मानिसमा सानो परिवर्तन गर्नाले लामो समयसम्म वजन नियन्त्रण गर्न सकिने पाइएको थियो । तर हाल आएर यो अनुसन्धान पनि गलत सावित भएके छ । यद्यपि क्यानडाका ६३ प्रतिशत वयस्क धेरै वजन वा मोटोपनसँग जुधिरहेका छन् । उनीहरुको मोटोपन आजीवन बिरामी बन्न सक्ने अध्ययनले देखाएको छ । वैज्ञानिकका अनुसार बढ्दो वजन एक सार्वजनिक स्वास्थ्य चुनौती बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण