‘ब्युटीसियन ट्यालेन्ट नेपाल’को खोजी
नेपालका ब्युटिसियनहरुको व्यक्तित्व विकास, प्रतिभा प्रस्तुति र कला प्रदर्शनको लागि चार वर्षदेखि हुँदै आएको ‘ब्युटीसियन ट्यालेन्ट नेपाल’को लागि प्रतियोगीको खोजी सुरु भएको छ । रोज सिप विकास तालिम केन्द्र र विलक्षण क्रियसनले आयोजना गर्दै आएको यो प्रतियोगिताको चौथो संस्करण ‘ब्युटीसियन ट्यालेन्ट नेपाल–२०२२’को लागि प्रतियोगी चयन गर्न फारम खुला गरिएको आयोजक संस्था रोज सिप विकास तालिम केन्द्रकी अध्यक्ष एवम् ब्युटिसियन सोनी कारजितले जानाकारी दिइन ।
विजेताको चयन आगामी चैत २५ गते शुक्रबार काठमाडौंमा गरिने भएको छ । जसका लागि चैतको पहिलो साता नयाँ प्रतियोगीहरुको अडिसन लिएर ७ चैतबाट प्रशिक्षण सुरु गर्नेछन् । विगत झैं यसपटक पनि प्रतियोगीहरुलाई दुई साता लामो प्रशिक्षण दिइने भएको छ । प्रशिक्षणको क्रममा उनीहरुलाई वतृत्वकला, व्यक्तित्व विकास, क्याटवाक, गु्रमिङ, मिडिया क्लास, मार्केटिङ क्लास, केराटिन ट्रिटमेन्ट क्लास, नेल आर्ट, जुरो, मोडर्न हेयर स्टाईल, सेल्फ मेकअप, रशियन हेयर, फिल्म क्यारेक्टर मेकअप क्लास जस्ता विभिन्न प्रशिक्षण दिइनेछ ।
प्रक्षिथार्थीलाई प्रशिक्षणको क्रममा टि—सर्ट, फाइनल शोको लागि पार्टी गाउन आयोजक पक्षले उपलब्ध गराउने छ । विजेतासहित फस्ट, सेकेन्ड रनर अप र पपुलर उपाधि विजेतालाई क्राउन, ट्रफीसहित विभिन्न पुरस्कार, काठमाडौं, पोखरा, कुस्माको दुई रात ३ दिनको आकर्षक टुर, निःशुल्क फोटो सेसन, विजेताहरुलाई म्युजिक भिडियो तथा विभिन्न फेशन सोहरुमा मेकअप तथा अन्य कामको अवसर प्रदान गरिने आयोजकले जनाएका छन् ।
प्रतियोगितामा सहभागी हुन चाहने ब्युटिसियनहरुले रोज सिप विकास तालिम केन्द्र रविभवन तथा विलक्षण क्रियसनको कार्यालय पुतलीसडकबाट फारम लिन सक्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
-
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण