माल्दिभ्समा मास्क अनिवार्यरूपमा लगाउनु पर्ने प्रावधानको अन्त्य
माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकाय (एचपीए) ले कोभिड नियन्त्रणका लागि अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्थालाई अन्त्य गरेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् । कोभिड–१९ महामारीका कारण सन् २०२० को डिसेम्बरदेखि सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउनुपर्ने नियम लगाइएको थियो ।
राष्ट्रपति इब्राहिम मोहमद सोलिहले आइतबार देशभर कोभिड–१९ नियन्त्रणका लागि लागू गरिएको सार्वजनिक स्वास्थ्यका लागि आकस्मिक व्यवस्था हटाउने निर्णयको घोषणा गरेपछि अनिवार्य रूपमा मास्क लगाउनु पर्ने दिशानिर्देशलाई संशोधन गरेको हो ।
सार्वजनिक स्थानमा मास्क लगाउनु अब अनिवार्य नभए पनि ठूला जमघट जस्ता अवस्थामा लगाउनु उचित हुने एचपीएले बताएको छ । अस्पताल तथा स्वास्थ्य सेवा केन्द्रहरूमा र कोभिड–१९ को सङ्क्रमण दर २० प्रतिशत रहेको क्षेत्रमा भने सावधानी स्वरूप मास्क अनिवार्य रूपमा लगाउनु पर्ने एचपीएले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण