विद्यासुन्दरजस्तो हावा कुरा गर्ने मान्छे होइन : डा. महत
काठमाडौँ । लोकतान्त्रिक गठबन्धनका काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवार एवम् काङ्ग्रेस नेता डा. प्रकाशशरण महतले अबको निर्वाचनमा काङ्ग्रेसले बहुमत ल्याउने र सरकार बनाउने दाबी गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनाव विशेष साक्षात्कारमा बोल्दै नेता महतले यस्तो बताएका हुन् । उनले भने, ‘हामी लोकतन्त्र पक्षधरका शक्ति हौं, स्वतन्त्रताको जगमा आफ्नो सिपको प्रयोग गर्ने र पूर्ण स्वतन्त्रता हुनुपर्छ भन्ने शक्ति हौं, त्यसैले अबको निर्वाचनमा काङ्ग्रेसलाई नै जनताले अत्यधिक मत दिनुहुन्छ।’
उनले थपे,‘त्यसो हुनाले अहिले त जनतासामू आस्थाको चिजको रोजाई छ, अहिले म र ईश्वर पोखरेलको रोजाई भन्दापनि कुन बाटोमा मुलुक जाने भन्ने कुरा हो, हामी लोकतान्त्रिक मुल्य र मान्यताको आधारमा आर्थिक क्रान्ति ल्याउने पक्षमा छौं ।’
डा. महतले एमाले–माओवादी केन्द्रका नेताहरु उल्टो बाटोमा हिँड्न खोज्दै गरेको आरोप लगाए । उनले भने, ‘उहाँहरु उल्टो बाटोमा हिँड्न खोज्दैहुनुहुन्छ, उहाँहरुको उद्देश्य भनेको एउटा दल सर्वेसर्वा हुने र शासन गर्ने, त्यो बाटो असफल बाटो हो, यसले जनताको चाहना पूर्ति हुँदैन।’ उनले वाम गठबन्धनले मुलुक र जनताको लागि केही गर्न नसक्ने भएकोले जनताले काङ्ग्रेसको पक्षमा मतदान गर्नुपर्ने धारणा राखे ।
उनले आफू काठमाडौंका निर्वाचित मेयर विद्यासुन्दर शाक्यजस्तो हावा कुरा गर्ने मान्छे नभएको समेत जिकिर गरे । उनले थपे, ‘उडन्ते कुरा नेपाली काङ्ग्रेसले गर्दैन् । यसरी गर्छु भनेर सुनिश्चितता दिलाउँछु । झोरमा सुुरुङ्मार्ग बनाउने प्रारम्भिक सर्वे हाम्रै पालामा भएको छ, २२ किलोमिटरको दुरी घटाउन चाहन्छौं ।’
त्यस्तै उक्त क्षेत्रमा रहेको शिवपुरी जलाधार क्षेत्रको विकास गर्ने र जिप राईड जाने व्यवस्था भए हजारौं पर्यटकहरु आवतजावत हुने उनको विश्वास थियो ।
नेपालमै रोजगारीको व्यवस्था भए लाखौं नेपाली युवाहरु स्वदेश फर्किने भन्दै रोजगारी दिनेगरि कार्यक्रम ल्याउने आफ्नो अर्को योजना रहेको महतले सुनाए । महतले आफूले उक्त क्षेत्रमा धेरै लगानी ल्याउने समेत विश्वास दिलाए ।
देशैभरिका तमाम मतदाताहरुले काङ्ग्रेसको पक्षमा मतदान गर्ने माहोल दिनप्रतिदिन बनिरहेको उल्लेख गर्दै निर्वाचनपछि काङ्ग्रेसको सरकार बन्नेपनि उनको दाबी थियो । ‘अब मुलुक समृद्धिको यात्रामा अघि बढ्यो, राप्रपा र राप्रपा प्रजातान्त्रिकले पनि हामीलाई समर्थन गर्ने भन्नुभएकोछ, उहाँहरुको मतदाताहरुलाई हामीलाई मतदान गर्न आग्रह गर्छु । हामीलाई जिताउन रुख चिन्हमा मतदान गर्न विशेष अनुरोध गर्छु ।’
एमाले र माओवादी केन्द्रले वाम गठबन्धन सिर्जना हुनुभन्दा अघि नै कम्युनिष्टहरु एकीकरण गर्ने र १५ वर्षमा साम्यावाद ल्याउने भनेकोले मुलुकमा अधिनायकवादको खतरा छ भनेर आफूहरुले भनेको उनको भनाई थियो ।
सुरुमा दुई तिहाई बहुमत ल्याउने र एकदलीय अधिनायकवादी शासन गर्छु भनेपछि जनताले त्यो कुरा स्विकार नगरेकोले अहिले आएर वाम गठबन्धनले आफूहरु लोकतान्त्रिक मुल्य र मान्यताका आधारमा नै अघि बढ्ने भनेर भनिरहेको गुनासा पोखे । काङ्ग्रेसले बहुमत ल्याउने कुरामा अब कुनै शंका नभएको समेत उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण