गगनले कति विकास गरे भन्ने गोपीकृष्ण माथितिर हेरे पुग्छ : भट्टराई
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका लागि वाम गठबन्धनका उम्मेद्धवार एवम् नेकपा एमालेका नेता डा. राजन भट्टराईले वाम गठबन्धनले दुई तिहाई मत ल्याउने दाबी गरेका छन् । उनले भने,‘हाम्रो गठबन्धनको दुई तिहाई आउन सक्छ, यदि आएन भने स्पष्ट बहुमत त आउन कसैले रोक्न सक्दैन ।’
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै नेता भट्टराईले वाम गठबन्धनलाई जनताले रुचाएको कारण दुई तिहाई मत आउने दाबी गरेका हुन् ।
उनले आफ्ना एजेण्डाहरु भनेको नै वाम गठबन्धनले अघि सारेका एजेण्डा नै भएकोले जनताले गठबन्धनले अघि सारेका कुराहरु मन पराएको विश्वास दिलाए । उनले भने,‘त्यसैले उहाँहरुले सके दुई तिहाई नभए बहुमत दिनुहुन्छ । यसमा कुनै शंका गर्न जरुरी छैन।’
साक्षात्कारमा बोल्दै उनले चुनाव जित्नको लागि व्यक्तिको भूमिका गौण हुने जिकिर गरे । उनले भने,‘व्यक्तिको भूमिका गौण हुन्छ, लोकतन्त्रमा दलहरुवीच प्रतिष्पर्धा हुन्छ । व्यक्तिले भोलि खेल्नसक्ने भूमिकाको आधारमा जनताले मत हाल्नुहुन्छ । त्यसैले मेरो प्रतिष्पर्धी जो कोही भएपनि केही फरक पर्दैन्।’
उनले आफूहरुले पाँच वर्षको लागि स्थायी सरकार दिने र यी–यी कार्यक्रमहरु दिन्छौं भनेर सार्वजनिक गरिसकेकोेले अब मुलुक समृद्धिको अभियानमा लिएर जाने गठबन्धनको उद्देश्य सुनाए । उनले अघि थपे,‘जनता ओली सरकारको कामको निरन्तरता चाहनुहुन्छ, पार्टीको संगठन र बलले चुनाव लड्ने हो। व्यक्तिको भूमिका म धेरै बोल्न चाहन्न । यो यस्तो र उस्तो भनेर आरोप–प्रत्यारोप गर्न चाहन्न । संस्कार बसाल्नुपर्छ ।’
उनले आफ्ना प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले यति विकास गरेँ उति गरें भनेर खोक्रो कुरा गरेको आरोप लगाए । उनले भने,‘काङ्ग्रेसलाई बहुमत जनताले दुई पटक दिए, तर उनीहरुले आन्तरिक व्यवस्थापन गर्न सकेनन्, पछिल्लो समय आईजीपी, अदालत, राजदूत नियुक्तिदेखि अन्य कुराहरुमा कांग्रेसले सुशासन कायम गरेको देखिएन, त्यस्तो पार्टीको प्रतिनिधिलाई जनताले फेरि जिताउँछन् भन्नेमा म विश्वस्त छैन ।’
गगन थापाले भनेको कुरा र व्यवहारमा आकाश जमिनको फरक रहेको समेत उनको आरोप थियो । उनले थपे,‘उहाँले भनेकोजस्तो भए, धोविघाट कोरिडोरको अवस्था हेर्नुहोस् त के छ ? जनताहरुको अहिले पनि गुनासो छ कि गोपीकृष्णबाट माथितिर आउन नपरे हुन्थ्यो भन्ने, विकास गरेको भए यस्तो अवस्था रहँदैन थियो नि? तपाई हेर्नुहोस् न ?’
त्यस्तै उनले उक्त क्षेत्रको विकासको लागि आफ्ना एजेण्डाहरु समेत सार्वजनिक गरे । उनले भने,‘बाटोको समस्या पूर्ण रुपमा समाधान गर्न चाहन्छु, आउने बर्षामा निकास गर्छौं, त्यस्तै खानेपानीको हाहाकार, अल्पकालिन, मध्यकालिन, दीर्घकालिन समाधान गर्छौं। ५ वर्षभित्र खानेपानीको समस्या समाधान गर्छौं । हामी जनताको विकासको लागि र समस्या समाधानको लागि सँधै अग्रभागमा रहेर काम गर्छौं ।’
उनले कम्युनिष्ट सरकार बन्ने कुरा आतंकित कुरा नभएको भन्दै आफूहरु लोकतान्त्रिक अभ्यासबाट नै उक्त सरकार बनाउने विश्वास दिलाए । अहिलेको संविधानको उद्देश्य नै मुलुक अब समाजवाद उन्मुख भनेकोले सोही लक्ष्य प्राप्तिको लागि आफूहरु लागिपर्ने उनको भनाई थियो । उनले आफूहरु एकदलीय अधिनायकावदको पक्षमा कदापि नरहेको जिकिर गर्दै भने,‘०४९ सालमा नै हामीले एकदलीय अधिनायकवादको मुद्दा छोडेका छौं।’
उनले वाम गबठन्धन भारत वा चीन कुनैपनि विरोधी नभएको भन्दै आफूहरु नेपालको हितको पक्षमा रहेको स्पष्ट पारे । उनले अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली रहेको समेत उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण