सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकका नयाँ शाखा थिमी र काँडाघारीमा

बुधबार, ०२ चैत २०७८, २१ : २७
बुधबार, ०२ चैत २०७८

एभरेष्ट बैंक लिमिटेडले भक्तपुरको थिमी र काठमाडौंको काँडाघारीमा नयाँ शाखा उद्‍घाटन गरेको छ । ​थिमी शाखाको उद्घाटन बैंकका संचालक नवीनभक्त श्रेष्ठ र थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रूपमा गरेका हुन् । काँडाघारी शाखा उद्घाटन श्रेष्ठ र कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले संयुक्त रूपमा गरेका बैंकले जानकारी दिएको छ । 

शाखा उद्घाटन समारोहमा एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशवराज पौड्याल, बाग्मती प्रदेशका प्रादेशिक प्रबन्धक सन्तोषकुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत उपस्थित थिए । बैंक सञ्‍चालक श्रेष्ठले थिमी र काँडाघारीका बासिन्दाहरूलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन्। 

करिब १२ लाख ग्राहकलाई देशभरका ११२ शाखा, प्रादेशिक कार्यालय , १४५ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल/इन्टरनेटरएसएमएस  बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप