एभरेष्ट बैंकका नयाँ शाखा थिमी र काँडाघारीमा
एभरेष्ट बैंक लिमिटेडले भक्तपुरको थिमी र काठमाडौंको काँडाघारीमा नयाँ शाखा उद्घाटन गरेको छ । थिमी शाखाको उद्घाटन बैंकका संचालक नवीनभक्त श्रेष्ठ र थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रूपमा गरेका हुन् । काँडाघारी शाखा उद्घाटन श्रेष्ठ र कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले संयुक्त रूपमा गरेका बैंकले जानकारी दिएको छ ।
शाखा उद्घाटन समारोहमा एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशवराज पौड्याल, बाग्मती प्रदेशका प्रादेशिक प्रबन्धक सन्तोषकुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत उपस्थित थिए । बैंक सञ्चालक श्रेष्ठले थिमी र काँडाघारीका बासिन्दाहरूलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन्।
करिब १२ लाख ग्राहकलाई देशभरका ११२ शाखा, प्रादेशिक कार्यालय , १४५ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल/इन्टरनेटरएसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण