फागु पूर्णिमाको अवसरमा भीमेसन मन्दिरमा भक्तजनको घुइँचो
फागु पूर्णिमाको अवसरमा भक्तपुरको भिमसेन मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । धार्मिक तथा सांस्कृतिकरुपले अत्यन्त महत्वपूर्ण मानिने फागु पूर्णिमाको अवसरमा भक्तपुरको आर्दशस्थित परदेशी भीमसेन, याँछेंस्थित याँछें भीमसेन र दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरमा दर्शन तथा पूजाका लागि भक्तजनको घुइँचो लागेको हो ।
फागु पूर्णिमाका दिन भीमसेन देवताको विधिवत्रुपमा पूजा र दर्शन गर्नाले आम्दानीको नयाँ स्रोत खुल्नाका साथै व्यापार व्यवसाय फस्टाउँदै जाने धार्मिक मान्यता रहेको छ । आजका दिन भीमसेन मन्दिरमा स्थानीय डाफा भजन खलः, व्यापारी सङ्घ संस्था, पसलेलगायतले बलिसहितको पूजा चढाउँछन् । आजको दिन टोल टोलमा रहेका परम्परागत धिमेबाजा, बाँसुरी बाजा, धाँ बाजालगायतका टोली भीमसेन मन्दिर जाने गर्छन । देवताको पूजाअर्चना गरी सम्येबजी खाएर फागु पर्व मनाउने गरिन्छ । त्यसलाई स्थानिय भाषामा भिसिंह पूजा भन्ने गरिन्छ ।
आजका दिन स्थानीय महिला हाकुपटासीमा सजिएर भीमसेन देवताको पूजापछि सम्येबजी खाएर एकापसमा अबीर दलेर टोल छिमेक परिक्रमा गरी फागु मनाउने परम्परा रहेको छ । भक्तपुरमा आजै साँझ दत्तात्रयस्थित तचपाल भीमसेन मन्दिरको पाटीमा प्रदर्शनीमा राखिएको काठको बेमानको पुरुष लिङ्गलाई नगर परिक्रमा गरी ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि यस वर्षको फागु पर्व सम्पन्न हुने परम्परा छ । यसरी लिङ्ग बोकेर जाने व्यक्तिको छोरा जन्मन्छ भन्ने जनश्रुती रहेको पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण