शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्खुवासभा दुर्घटनामा ज्यान गुमाएका परिवारका लागि क्षतिपूर्तिकाे माग

बिहीबार, ०३ चैत २०७८, २० : ०३
बिहीबार, ०३ चैत २०७८

एक हप्ताअघि सङ्खुवासभाको मादीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्तिका लागि नेकपा (एमाले) प्रदेश नं १ कमिटीका अध्यक्ष एवं प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेले माग गरेका छन् । 

न्यौपानेले मुख्यमन्त्री राजेन्द्रकुमार राईसँगको भेटमा प्रति परिवार १० लाख र घाइतेको निःशुल्क उपचारका लागि माग गरे । पीडितको समस्या छिटोभन्दा छिटो सम्बोधन गर्न उनले आग्रह गरे । गत बिहीबार भएको बस दुर्घटनामा परी ज्यान गुमाएका १५ जनाका परिवार तथा घाइतेलाई प्रदेश सरकारले राहत उपलब्ध गराउन नसकेको भन्दै एमालेले प्रदेश सरकारको आलोचना गरेको छ ।

उक्त दुर्घटनामा १४ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा गम्भीर घाइते चारजना अहिले उपचाररत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप