नोबेलका डाक्टरद्वारा असहायहरुको निःशुल्क उपचार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका डाक्टरहरुले सुनसरीको इटहरी उप–महानगरपालिका–२ स्थित माया घरमा पुगेर त्यहाँ रहेका असहायहरुको निःशुल्क उपचार गरेका छन् । बिहिबार एक दिने स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरी माया घरमा आश्रीत व्यक्तिहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
सडक मानब, मानसिक रोगी लगायत असहायहरुलाई माया घरमा आश्रय दिएर राख्ने गरिएको छ । अहिले माया घरमा १०३ जना व्यक्तिहरु आश्रय लिएर बस्दै आएका छन् । उनीहरुको स्वास्थ्य परीक्षण गरिएको माया घरकी सचिव सुभद्रा प्याकुरेलले जानकारी दिइन् । स्वास्थ्य परीक्षणका लागि नोबेलबाट चार जना बिशेषज्ञ डाक्टरहरुको टोली गएको थियो । परीक्षणका क्रममा धेरैमा छालाको समस्या देखिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले बताए ।
माया घरमा आश्रीतहरुलाई नोबेलले एक बर्षसम्म निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरी सम्झौतासमेत भएको छ । असहायहरुको उपचारका लागि नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा सकारात्मक बनेपछि एक बर्षसम्मका लागि अस्पतालले माया घरका आश्रीतहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरी सम्झौता गरेको हो । सोही बमोजिम उनीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
-
होटलमा एक जनाको शङ्कास्पद मृत्यु, युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण