मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

एट्लेटिको तेस्रो स्थानमा उक्लियो

आइतबार, ०६ चैत २०७८, ०८ : ३३
आइतबार, ०६ चैत २०७८

एट्लेटिको स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा  रायो भालेकानोलाई १–० गोलले हराएर एट्लेटिको क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको हो । 

घरेलु टोली रायो भालेकानोमाथि जित निकाल्न एट्लेटिकोका लागि कप्तान कोकीले निर्णायक गोल गरे । प्हिलो हाफमा गोल रहित बराबरी खेलेको एट्लेटिकोका लागि उनले ४९औं मिनेटमा गोल गर्दै टिमलाई महत्वपूर्ण ३ अंक दिलाए । 

एट्लेटिको खेलको ८५औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । एट्लेटिकोका एन्जल कोरेरा रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । 

जितसँगै एट्लेटिकोले २९ खेलबाट ५४ जोडेको छ । एट्लेटिको तालिकाको तेस्रो स्थानमा छ  दुई खेल कम खेलेको बार्सिलोनाको ५१ अंकका साथ चौथो स्थानमा छ । पराजित रायो भालेकानो ३२ अंक जोडेर १३औं स्थानमा छ । लिग लिडर रियल मड्रिडको ६६ अंक छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप