एट्लेटिको तेस्रो स्थानमा उक्लियो
एट्लेटिको स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रायो भालेकानोलाई १–० गोलले हराएर एट्लेटिको क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको हो ।
घरेलु टोली रायो भालेकानोमाथि जित निकाल्न एट्लेटिकोका लागि कप्तान कोकीले निर्णायक गोल गरे । प्हिलो हाफमा गोल रहित बराबरी खेलेको एट्लेटिकोका लागि उनले ४९औं मिनेटमा गोल गर्दै टिमलाई महत्वपूर्ण ३ अंक दिलाए ।
एट्लेटिको खेलको ८५औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । एट्लेटिकोका एन्जल कोरेरा रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।
जितसँगै एट्लेटिकोले २९ खेलबाट ५४ जोडेको छ । एट्लेटिको तालिकाको तेस्रो स्थानमा छ दुई खेल कम खेलेको बार्सिलोनाको ५१ अंकका साथ चौथो स्थानमा छ । पराजित रायो भालेकानो ३२ अंक जोडेर १३औं स्थानमा छ । लिग लिडर रियल मड्रिडको ६६ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण