शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विदेशी  मुद्रासहित दुई महिला पक्राउ

आइतबार, ०६ चैत २०७८, १६ : ३८
आइतबार, ०६ चैत २०७८

प्रहरीले विदेशी  मुद्रासहित दुई महिलालाई पक्राउ गरेको छ । त्रिभुवन विमानस्थलमा चेकजाँच क्रममा उनीहरुसँग विदेशी  मुद्रा फेला परेकाले कारबाही गरिएको हो ।

प्रहरीका अनुसार नेपाल एयरलाइन्सको उडानबाट दुबई जान लागेकी काठमाडौंकी ५६ वर्षीय सहनशीला बज्रचार्य शाक्य र कतार एयरलाइन्सको उडानबाट दोहा जान लागेकी गोरखाकी २३ वर्षीया रन्जिता श्रेष्ठ पक्राउ परेकी छन् । शाक्यले  युरो, क्यानडियन, ओमानी, साउदी रियाल र श्रेष्ठले अष्ट्रेलियन र अमेरिकी डलर अवैध रुपमा लुकाई लैजान लागेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप