मान्छे–मान्छेबीचको विभेदको अन्त्य हुनुपर्छ उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले मान्छे–मान्छेका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित स्वर्णिम युग फाउन्डेशनको शुभारम्भ तथा खेम शर्मा द्वारा लिखित पुस्तक ‘स्वर्णिम रहस्य’ विमोचन समारोहमा बोल्दै उपराष्ट्रपति पुनले मान्छे–मान्छेका बीचमा असमानता र विभेद हुन नहुने बताएका हुन् ।
समाजमा धनी र गरिबका बीचमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा असमानता र विभेद रहेको भन्दै त्यसप्रकारको विभेदको अन्त्य हुनुपर्ने उनले बताए । उपराष्ट्रपति पुनले विभेदको अन्त्यका लागि थुप्रै खालका राजनीतिक संघर्षहरू भएपनि जनताले अपेक्षा गरे अनुसारको परिवर्तन हुन नसकेको बताए ।
उपराष्ट्रपति पुनले देशले मलाई के दियो भनेर होइन देशलाई मैले के दिनसक्छु भनेर सोच्नुपर्ने बताए । सकारात्मक सोचका साथ देशका लागि योगदान गर्नुपर्नेमा उनले जोड दिए । उनले अनुशासित, नैतिकवान, पारदर्शि र अरुको हितको लागि सोच्ने व्यक्तिले मात्रै समाजका लागि राम्रो गर्नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण